तस्करीको सुन लुकाएर सूर्यबहादुरले जब अपहरणमा परेको नाटक गरे...बिहीबार, जेठ ३, २०८१

डा. गोविन्द केसीले तोडे अनशन, सरकारले बेवास्ता गरेको आरोप बिहीबार, जेठ ३, २०८१ डा. गोविन्द केसीले अनशन तोडेका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित चार बुँदे माग राख्दै वैशाख २९ गतेदेखि आमरण अनशन सुरु गरेका थिए।

यी हुन् मन्त्रिपरिषद्का निर्णयहरु बिहीबार, जेठ ३, २०८१ मन्त्रिपरिषद् बैठकले नियुक्ती बढुवासहित विभिन्न निर्णयहरु गरेको छ। सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार सङ्गीता खड्कालाई नियुक्त गरेको छ।

दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय बिहीबार, जेठ ३, २०८१ सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

यात्रुलाई झन्झटरहित सेवा दिन गृहमन्त्री लामिछानेको निर्देशन बिहीबार, जेठ ३, २०८१ पप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने तथा नेपाल आउने यात्रुलाई झन्झटरहित सेवा दिन निर्देशन दिएका छन्।आज हज समितिमा जानेहरूको बिदाइ गर्न विमानस्थल पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गरेपछि सो निर्देशन दिएका हुन्।

चुरे विनाशको असरः सुक्न थाले कल, खानेपानीको समस्या विकराल बन्दै बिहीबार, जेठ ३, २०८१ तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी भेगमा हातेकल सुक्न थालेपछि व्यापकरुपमा खानेपानीको समस्या देखिन थालेको छ।तराई–मधेस क्षेत्रमा खानेपानीका लागि सबैभन्दा चल्तीको साधन हातेकल हो। चैतदेखि सुरू भएको चापाकल सुक्ने समस्या वैशाखसम्ममा विकराल बनेको छ।

मकवानपुरमा छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु, ४ घाइते बिहीबार, जेठ ३, २०८१ मकवानपुरको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जुम्लामा मिनी ट्रक दुर्घटना, दुई जना घाइते बिहीबार, जेठ ३, २०८१ जुम्लाको कनकासुन्दरी गाउँपालिका–२ जियाखोला नजिक भएको मिनी ट्रक दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान बिहीबार, जेठ ३, २०८१ हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको बताएको छ।

गोली निकालेपछि स्लोभाकियाका प्रधानमन्त्री फिको खतरा मुक्त बिहीबार, जेठ ३, २०८१ युरोपेली देश स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको खतरा मुक्त भएको जनाइएको छ। ५६ वर्षीय प्रधानमन्त्री फिकोमाथि बुधबार आक्रमणकारीले पाँच राउन्ड गोली हानेका थिए। आक्रमणकारीको उमेर ७१ वर्ष रहेको जनाइएको छ।पाँच राउन्ड गोली हानेकोमा एउटा प्रधानमन्त्री रोबर्ट पेटमा लागेको थियो। पेटमा गोली लागेपछि साढे ३ घण्टा लगाएर उनको शल्यक्रिया गरिएको त्यहाँको...

यी प्रदेशमा आज वर्षाको सम्भावना बिहीबार, जेठ ३, २०८१ हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

पञ्जाबसँग राजस्थान पराजित बिहीबार, जेठ ३, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो।

स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार बुधबार, जेठ २, २०८१ प्रहरीले गोली चलाउने अभियुक्तलाई पनि नियन्त्रणमा लिएको छ। गोली राजधानीभन्दा करिब २ घण्टाको ड्राइभ टाढा ह्याण्डलोभा भन्ने ठाउँमा भएको सीएनएनले उल्लेख गरेको छ।









