News Griha :: न्यूजगृह
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित
प्रतिकूल मौसमका कारण सगरमाथा आरोहण प्रभावित प्रतिकूल मौसमका कारण दुई दिनदेखि सगरमाथा आरोहण अवरुद्ध भएको छ। पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार सगरमाथाको चौथो शिविरभन्दा माथितिरको प्रतिकूल मौसमको कारण हिजो मंगलबार र आज कुनै पनि टोलीको आरोहण नभएको सगरमाथा आधार शिविरमा रहेको विभागको फिल्ड कार्यालयले जानकारी गराएको छ।
बालविवाहविरुद्धको अभियानमा सक्रिय हुँदै किशोरी
बालविवाहविरुद्धको अभियानमा सक्रिय हुँदै किशोरी रुपन्देहीकी एक किशोरीलाई १३ वर्षको हुँदा घरमा विवाहको कुरा आयो। आमाले राम्रो घरबाट प्रस्ताव आएको छ, अब बिहे गर्नुपर्छ भन्दा कक्षा आठमा पढ्दै गरेकी ति किशोरी छागाबाट खसेजस्तै भइन्। 
मुगुको पाटनमा यार्सा संकलकको दुर्घटना बीमा
मुगुको पाटनमा यार्सा संकलकको दुर्घटना बीमा यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने संकलकहरुको सुरक्षाका लागि दुर्घटना बीमा गरिएको छ। यार्सागुम्बा पाइने पाटनअन्तर्गत मुगुम कार्मारोङ्ग गाउँपालिकाले संकलकहरुको दुर्घटना बीमा गरेको हो।
भोलिबाट काठमाडौंका यी स्थानमा काटिँदैछ बिजुली 
भोलिबाट काठमाडौंका यी स्थानमा काटिँदैछ बिजुली  नेपाल विद्युत प्राधिकरणले भोलिदेखि उपत्यकाका विभिन्न स्थानमा विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ। बिहीबार नयाँबजार, जेठ ५ गते नयाँबजार र क्षेत्रपाटी, ६ गते भीमसेनस्थानका साथै ८ गते भीमसेनस्थान र त्रिपुरेश्वर क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने जनाएको छ। 
धनुषामा ३ दिनमा डेढ करोडभन्दा बढीको भन्सार छलीका सामान बरामद
धनुषामा ३ दिनमा डेढ करोडभन्दा बढीको भन्सार छलीका सामान बरामद जिल्ला प्रहरी कार्यालय धनुषाले तीन दिनमा डेढ करोडभन्दा बढी लागतका भन्सार छलेर ल्याइएका सामान नियन्त्रणमा लिएको छ।धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले तीन दिनमा १ करोड ५८ लाख ६५ हजारभन्दा बढीका सामानसहित गाडी र चालकलाई नियन्त्रणमा लिइएका जानकारी दिए। 
विष्णुमति करिडोर मिचेर निर्माण गरिएका संरचना भत्काइयो
विष्णुमति करिडोर मिचेर निर्माण गरिएका संरचना भत्काइयो टोखा नगरपालिकाले विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन सुरु गरेको छ।  टोखा–९ नयाँ बसपार्कस्थित विष्णुमति करिडोरमा निर्माण गरिएको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको भवन नगरपालिकाले भत्काएको हो।  
भरतपुरको ६ लेन सडक निर्माण अन्तिम चरणमा
भरतपुरको ६ लेन सडक निर्माण अन्तिम चरणमा भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ् ६ लेन सडकखण्ड निर्माण ८५ प्रतिशत सम्पन्न भएको छ। चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नभए पनि थप बजेट निकासा गरी कामलाई गति दिइएको हो।
सरकार नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिवद्ध छः प्रधानमन्त्री प्रचण्ड 
सरकार नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिवद्ध छः प्रधानमन्त्री प्रचण्ड  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी प्रक्रियालाई सरलीकृत गर्दै नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्ने नीति सरकारले लिएको बताएका छन्।नेपाल–युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित ‘नेपाल–ईयू व्यापार मञ्च’को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले नेपाल सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए।
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर
मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन्। मधेसमा बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको हो।मधेस प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ। नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयका अनुसार प्रदेशको कुल जनसङ्ख्यामध्ये २०८० चैत मसान्तसम्म...
हरित रोजगारीका लागि कोरियाले ९८ लाख डलर दिने
हरित रोजगारीका लागि कोरियाले ९८ लाख डलर दिने कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका लागि ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ।सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे।
आईपीएलमा आज राजस्थान र पञ्जाबको भिडन्त
आईपीएलमा आज राजस्थान र पञ्जाबको भिडन्त जारी आईपीएलमा राजस्थान रोयल्सले १२ खेलमा १६ अंक हासिल गरेको छ। ८ खेल जितेको राजस्थान अंक तालिकामा दोस्रो स्थानमा रहेको छ र यस खेलमा जितले प्लेअफको यात्रा सुनिश्चित गर्ने छ। त्यसैगरी पञ्जाब किंग्स भने यस सिजनमा प्लेअफको दौडबाट बाहिरिएको छ। पञ्जाब अहिलेसम्म १२ खेलमा ८ अंक हासिल गर्दै पुछारमा रहेको...
Weather Update