News Griha :: न्यूजगृह
दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
फाइल तस्बिर

काठमाडौं— सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। 

आज बसेको मन्त्रिपरिषद्को बैठकले लोकनाथ पौड्याल र राजेन्द्रप्रसाद मिश्रलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

सचिवमा बढुवा भएका पौड्याल मधेश प्रदेशका कामु सचिवका रुपमा कार्यरत रहेका थिए। 

त्यस्तै सचिवमा बढुवा भएका मिश्रको कृषि तथा वन समूहबाट पदोन्नती भएको होे। 

त्यस्तै आज बसेको बैठकले नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्षमा प्रा. डा. लेखनाथ शर्मा नियुक्त गरेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १५:३०
Weather Update