कस्तो छ आजको मौसम पूर्वानुमान ?सोमबार, जेठ ७, २०८१

चार मन्त्रालयमा सतर्कता केन्द्रको छड्के: १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित आइतबार, जेठ ६, २०८१ राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारभित्रका विभिन्न चारवटा मन्त्रालयमा छड्के अनुगमन गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि, गृह , उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका कर्मचारीले समय पालना गरे/नगरेको, तोकिएका पोसाक लगाए/नलगाएको लगायत विषयमा अनुगमन गरेको हो।
धान रोपाइँका समयमा रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय आइतबार, जेठ ६, २०८१ कृषि सामग्रीले १२ हजार नौ सय ५८ मेट्रिकटन र साल्ट ट्रेडिङले सात हजार छ सय ४६ मेट्रिकटन पोटास मल गरी कूल २० हजार छ सय चार मेट्रिक टन मल आयात गर्दै छन्। यो मल यसै हप्तादेखि असार दोस्रो सातासम्म नेपाल आइसक्ने मन्त्रालयका सूचना अधिकारी जोशीले बताए। पहिले आएको मल अघि...

मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर आइतबार, जेठ ६, २०८१ मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइली र नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख मानबहादुर चन्दसमेत ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो।
-1716111745.jpg)
प्रविधिको विकाससँगै कामविहीन बन्दै दाङका गन्धर्व आइतबार, जेठ ६, २०८१ पहिले गाउँगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँका गन्धर्व पछिल्लो समय कामविहीन हुँदै गएका छन्। प्रविधिको विकाससँगै गीतसङ्गीतको पहुँच विस्तार हुँदै गएपछि गन्धर्वहरुको कामविहीन हुँदै गएका हुन्।

विभिन्न शैक्षिक माग राखेर आन्दोलनरत चापागाईंलाई भेट्न माइतीघरमा शिक्षामन्त्री आइतबार, जेठ ६, २०८१ नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईले विगत पाँच दिनदेखि वालबिकास शिक्षा सुधारको लागि दबाबमूलक कार्यक्रम गरिरहेका छन्।

ट्राफिक प्रहरी जवानको हत्यामा संलग्न ७ जना सार्वजनिक, यस्तो छ घटनाको नालीबेली आइतबार, जेठ ६, २०८१ ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा २१ वर्षीय आइते भन्ने सचिन परियार, १८ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया विपना भनिने बसुन्धरा कार्की, ५६...
-1716093692.jpg)
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै आइतबार, जेठ ६, २०८१ शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ। निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र काम सुरु भएको हो।‘सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गर्नुपर्ने हो,’ निर्माणमा संलग्न इन्जिनियर विकास श्रेष्ठले भने, ‘ठेक्काको समयावधि सकिन एक वर्ष बाँकी छ, एक वर्षभित्र जिम्मेवारी पूरा...

किर्गिजस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह आइतबार, जेठ ६, २०८१ किर्गिजस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन नेपाल सरकारले आग्रह गरेको छ। गत शुक्रबार त्यहाँ हिंसात्मक आक्रमण भएको थियो। पाकिस्तानस्थित नेपाली दूतावासले शनिबार एक सूचना जारी गरी स्थिति सामान्य नहुन्जेलसम्म निवास/घर बाहिर ननिस्कन आग्रह गरेको छ। दूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन्।

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द आइतबार, जेठ ६, २०८१ रानीटारीबाट हर्षपुरसम्मको बाटो बन्द गरिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले बताए। व्यास–५ को रानीटारी, म्याग्दे गाउँपालिकाको वडा नं ७ र ३ मा धमाधम सडक स्तरोन्नति भइरहेको जानकारी दिँदै उनले वैकल्पिक मार्ग अपनाउन सवारी चालक तथा यात्रीलाई अनुरोध गरे ।

आरसीबी आईपीएलको प्लेअफमा, साविक बिजेता चेन्नई समूह चरणबाटै बाहिरियो आइतबार, जेठ ६, २०८१ शिवम् दुवेले १५ बल फेस गर्दा ७ रनको ढिलो पारि खेलेर आउट भएका थिए । मिचेल साटनरले ३ रनमात्रै जोडे । रविन्द्र जडेजा र महेन्द्रसिंह धोनीले केही प्रयास गरे पनि टिमलाई पार लगाउन सकेनन् । धोनी १३ बलमा २५ रन बनाउँदै आउट भए । उनी आउट हुँदा चेन्नईले १९.२ ओभरमा...

आज देशका यी स्थानमा हुने छ वर्षा आइतबार, जेठ ६, २०८१ आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भूभागमा एकदुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु शनिबार, जेठ ५, २०८१ लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलामा पौडी खेल्ने क्रममा लमही नगरपालिका–५ आदर्श टोल निवासी वसन्तराज भण्डारीका १३ वर्षीय छोरा विवेक भण्डारीको डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।









