News Griha :: न्यूजगृह
उपेन्द्र यादवको रिट हेर्न भ्याइएन
उपेन्द्र यादवको रिट हेर्न भ्याइएन जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याउने हुँदै स्थगित भएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सोमबार पेसी तोकिएको थियो। ढुंगानाको एकल इजलासले ८ वटा मुद्दामा सुनुवाइ गर्दै आदेश गरेको थियो भने यादवको मुद्दा १२ औ नम्बरमा पेसी रहेको थियो।  
बालेनको आक्रोश- 'फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन'
बालेनको आक्रोश- 'फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन' काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन्।
सुर्खेतमा बस दुर्घटनाः २ जनाको मृत्यु, २१ जना घाइते 
सुर्खेतमा बस दुर्घटनाः २ जनाको मृत्यु, २१ जना घाइते  सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवा भन्ने स्थानमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने बसमा सवार २१ जना घाइते भएका छन्।सोमबार दिउँसो कर्णाली प्रदेश ०२–००१ ख ०८५२ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माले न्यूजगृहलाई जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा बर्दियाका ७० वर्षीय...
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, मारमा बिरामी  
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, मारमा बिरामी   हुम्ला जिल्ला अस्पतालमा औषधि अभाव हुँदा उपचारमा आउने बिरामी मर्कामा परेका छन्। मौसमी बिरामीको सङ्ख्या बढ्दै गएपनि अस्पतालमा औषधि अभाव हुँदा समस्या भइरहेको छ। 
बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प
बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ। निर्माण कम्पनीलाई अघिल्लो आर्थिक वर्षदेखिको एक करोड ३८ लाख भुक्तानी गर्नुपर्ने योजनाका लागि चालु आवमा एक लाखमात्र बजेट प्राप्त भएपछि निर्माण प्रभावित भएको हो। 
दमौली आगलागी अपडेटः क्षतिको विवरण संकलन गरिँदै 
दमौली आगलागी अपडेटः क्षतिको विवरण संकलन गरिँदै  तनहुँको व्यास नगरपालिका–३ दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भएको आगलागीको विवरण संकलन सुरु गरिएको छ। गएराति १२ः ४५ बजे फलफूल लाइनमा रहेका सटरमा आगलागी भएको थियो। उक्त आगलागीबाट भएको क्षतिको विवरण संकलन थालिएको प्रहरीले जनाएको छ। 
चट्याङ लागेर ७२ भेडा मरे 
चट्याङ लागेर ७२ भेडा मरे  जिल्लाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन्।जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार  रातका समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेको जानकारी दिए।
आकर्षक रोजगारीको प्रलोभनमा ओमन पुर्‍याएर बेचबिखन गर्ने एक जना पक्राउ 
आकर्षक रोजगारीको प्रलोभनमा ओमन पुर्‍याएर बेचबिखन गर्ने एक जना पक्राउ  पीडितको आफन्तको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका–९ शिबचोकबाट पक्राउ गरेको हो। 
सुन लुटपाट गर्ने दुई जना पक्राउ
सुन लुटपाट गर्ने दुई जना पक्राउ नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगञ्जको टोलीले बूढानीलकण्ठ नगरपालिका–२ विएमसी स्कुल र माथिल्लो भङ्गाल क्षेत्रमा महिलाले लगाएको गहना लुटपाटमा संलग्न दुईजनालाई आइतबार बूढालीनकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट मौलापुर नगरपालिका–४ का १९ वर्षीय सरोजकुमार शाह र सोही स्थानका...
तनहुँको दमौली बजारमा भीषण आगलागी, १२ घरका २० सटर जलेर नष्ट
तनहुँको दमौली बजारमा भीषण आगलागी, १२ घरका २० सटर जलेर नष्ट तनहुँको दमौली बजारमा भीषण आगलागी हुँदा २० सटर जलेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार गएराति ब्यास नगरपालिका वडा नं ३ स्थित तरकारी लाइनमा रहेका पसलहरूमा आगलागी भएको हो।
काठमाडौंमा हावाहुरीसहित वर्षा
काठमाडौंमा हावाहुरीसहित वर्षा काठमाडौंमा हावाहुरीसहित वर्षा भएको छ। आज बिहानैबाट काठमाडौंका अधिकांश स्थानमा हावाहुरीसहित वर्षा भएको हो।
नरभक्षी बाघ मर्‍यो
नरभक्षी बाघ मर्‍यो मकवानपुरको मनहरिमा दुईजनाको ज्यान लिएको नरभक्षी बाघ मरेको छ।सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो।शनिबारदेखि बिरामी परेको बाघ आइतबार मरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। दश वर्षीया सो बाघ सौराहास्थित खोरमा राखिएको थियो।
Weather Update