कैलाश सिरोहियामाथि रिसीइबी साधिएको छैन, सजिलै छुट्नुहुन्छः प्रधानमन्त्री प्रचण्ड बुधबार, जेठ ९, २०८१

‘लू’बाट नागरिकलाई जोगाउने प्रयासमा लाग्न गृहको परिपत्र बुधबार, जेठ ९, २०८१ गृह मन्त्रालयले तातो हावाको लहर ‘लू’ बाट नागरिकलाई जोगाउनका लागि आवश्यक तयारीमा जुट्न तराई–मधेसका जिल्ला प्रशासन तथा अन्य सम्बद्ध निकायहरूमा परिपत्र गरेको छ।

पशुपतिनाथको भेटी चोर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद बुधबार, जेठ ९, २०८१ कोषका पाँच कर्मचारीमाथि काठमाडौं जिल्ला अदालतले अनुसन्धान अघि बढाउन अनुमति दिएको हो। कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाका कर्मचारी भेटी गणना कक्षबाट भेटी चोरी कार्यमा संलग्न भएको देखिएको थियो।

कान्तिपुरका अध्यक्ष सिरोहिया धनुषा प्रहरीको हिरासतमा बुधबार, जेठ ९, २०८१ स्वतन्त्र प्रेसको कार्यालयमा राज्यका सुरक्षा निकाय प्रवेश नगर्ने लोकतान्त्रिक अभ्यासलाई कुल्चिँदै काममा रहेका बेलामा अध्यक्ष सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुर कार्यालय पुगेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंका एसएसपी सानुकुमार भट्टराई र एसपी रवीन्द्र रेग्मीसहितको टोली बर्दीसहितका प्रहरी अधिकृत लिएर कार्यकक्षमा प्रवेश गरेका थिए ।

यी चार प्रदेशमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना बुधबार, जेठ ९, २०८१ हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा...

यी ६ आधारले कैलाश सिरोहियालाई पक्राउ गरियोः धनुषा प्रहरी बुधबार, जेठ ९, २०८१ धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गर्नुका ६ आधार सार्वजनिक गरेको छ। अनुसन्धान अधिकृत प्रहरी निरीक्षक नवराज खड्काले जारी गरेको विज्ञप्तिमा सिरोहियाका नागरिकतामा देखिएका कैफियतपूर्ण तथ्यहरू यसप्रकार उल्लेख गरिएको छ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई गाडीबाटै धनुषा लगियो मंगलबार, जेठ ८, २०८१ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गाडीमै धनुषा लगिएको छ।मंगलबार साँझ थापाथलीस्थित मुख्यालयको कार्यकक्षबाटै पक्राउ परेका सिरोहियालाई लगतै धनुषा लगिएको प्रहरी स्रोतले बतायो। सिरोहियाविरुद्ध मंगलबार बिहान धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। सिरोहियाको नागरिकताबारेको विवादमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

वनमन्त्री नवलकिशोरको सम्पत्ति १२ बोरको बन्दुक मंगलबार, जेठ ८, २०८१ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाएको सम्पत्ति विवरण अनुसार उनले आफूसँग बन्दुक रहेको पनि उल्लेख गरेका हुन्।

पक्राउपछि कैलाश सिरोहियाले भने– दुइटा पासपोर्ट बोक्ने रविको नाममा वारेन्ट जारी हुनेमा विश्वस्त छु मंगलबार, जेठ ८, २०८१ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले गृहमन्त्री रवि लामिछानेको नाममा भोलिनै वारेन्ट जारी हुने कुरामा आफू विश्वस्त भएको बताएका छन्। मंगलबार थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ परेका उनले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन्।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ मंगलबार, जेठ ८, २०८१ कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन्। मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो। सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थिए।

इरानका राष्ट्रपति रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा मंगलबार, जेठ ८, २०८१ इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा भेला भएका छन्। रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा निधन भएको हो । इरानले देशमा पाँच दिने शोकको घोषणा गरेको छ ।रायसीको पार्थिव शरीरलाई बिहीबार साँझ उनको जन्मस्थल मशहदमा दाहसंस्कार गरिने छ । इरानमा रायसीलाई बिदाइ गर्न धेरै कार्यक्रम आयोजना गरिने छ ।

कैलाश सिरोहियालाई पक्राउ गर्न कान्तिपुर मुख्यालयमा प्रहरी टोली मंगलबार, जेठ ८, २०८१ कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुर कार्यालय थापाथली पुगेको छ। सेन्ट्रल बिजनेस पार्कको आठौं तलास्थित सिरोहियाको कार्यकक्ष बाहिर सादा पोशाकका प्रहरी खटिएका छन्। बर्दीधारी प्रहरी चाहिँ भुइँतलामा छन्।

अर्थमन्त्रीको सम्पत्तिः पार्टीले दिएको गाडी, ३३ लाख ७० हजार खातामा मंगलबार, जेठ ८, २०८१ अर्थमन्त्री वर्षमान पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। जसअनुसार उनको एनएमबी बैंकको खातामा ३३ लाख, ७० हजार ६ सय १८ रुपैयाँ रहेको छ। मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा सो कुरा उल्लेख गरिएको हो। उक्त रकम तलब भत्ता र भ्रमण भत्ता वापत प्राप्त भएको उल्लेख गरेका छन्।


-1715754750.jpg)






