अर्थमन्त्रीको सम्पत्तिः पार्टीले दिएको गाडी, ३३ लाख ७० हजार खातामा

काठमाडौं— अर्थमन्त्री वर्षमान पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।
जसअनुसार उनको एनएमबी बैंकको खातामा ३३ लाख, ७० हजार ६ सय १८ रुपैयाँ रहेको छ।
मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा सो कुरा उल्लेख गरिएको हो। उक्त रकम तलब भत्ता र भ्रमण भत्ता वापत प्राप्त भएको उल्लेख गरेका छन्।
त्यस्तै रोल्पा नगरपालिका–७ मा पैतृक सम्पत्तिबाट प्राप्त ८२० वर्गमिटर जग्गा रहेको उल्लेख गरिएको छ भने सुनचाँदी नभएको देखाइएको छ।
त्यस्तै पार्टीबाट प्राप्त भएको बा ००१ अ०००९ नम्बरको हलुका सवारी (गाडी) रहेको छ।
त्यस्तै उनीसँग कुनै पनि कम्पनीको शेयर नरहेको विवरणमा उल्लेख गरिएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१ १७:४७













