News Griha :: न्यूजगृह
पक्राउपछि कैलाश सिरोहियाले भने– दुइटा पासपोर्ट बोक्ने रविको नाममा वारेन्ट जारी हुनेमा विश्वस्त छु
तस्बिरः कान्तिपुर

काठमाडौं— कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले गृहमन्त्री रवि लामिछानेको नाममा भोलिनै वारेन्ट जारी हुने कुरामा आफू विश्वस्त भएको बताएका छन्। 

मंगलबार थापाथलीस्थित कार्यकक्षबाटै पक्राउ परेका उनले सञ्चारकर्मीलाई संक्षिप्‍त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन्। 

गृहमन्त्री लामिछानेले दुई वटा पासपोर्ट प्रयोग गरेको पुष्टि भएकाले उनलाई पनि वारेन्ट जारी हुनुपर्ने बताए। उनले सरकार निरङ्कुशतातर्फ अघि बढेको र नवअधिनायकवादको रुपमा लिएको बताएका छन्। 

‘नवअधिनायकवाद जो देखिएको छ, म यसको अन्तिम सम्म लडाइ लड्छु,’ उनले भनेका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १८:४९
Weather Update