वनमन्त्री नवलकिशोरको सम्पत्ति १२ बोरको बन्दुक
![वनमन्त्री नवलकिशोरको सम्पत्ति १२ बोरको बन्दुक](https://newsgriha.com/uploads/posts/nawalkishor-shah-sudi-1716298059.jpg)
काठमाडौं— वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीसँग १२ बोरको बन्दुक रहेको सम्पत्ति विवरणमा खुलाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाएको सम्पत्ति विवरण अनुसार उनले आफूसँग बन्दुक रहेको पनि उल्लेख गरेका हुन्।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।
साथै, उनले विवाहको समयमा ससुराली र बुबाआमाबाट उपहारस्वरूप प्राप्त ५६ तोला सुन श्रीमतीको नाममा रहेको पनि उल्लेख गरेका छन्।
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१ १९:१२