News Griha :: न्यूजगृह
इरानका राष्ट्रपति रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा

काठमाडौं— इरानी राष्ट्रपति इब्राहिम रायसीको अन्त्येष्टिमा हजारौं मानिस सडकमा भेला भएका छन्। रायसीको आइतबार हेलिकप्टर दुर्घटनामा निधन भएको हो । इरानले देशमा पाँच दिने शोकको घोषणा गरेको छ ।

रायसीको पार्थिव शरीरलाई बिहीबार साँझ उनको जन्मस्थल मशहदमा दाहसंस्कार गरिने छ । इरानमा रायसीलाई बिदाइ गर्न धेरै कार्यक्रम आयोजना गरिने छ ।

यी मध्ये पहिलो कार्यक्रम देशको उत्तरपश्चिमी शहर ताब्रिजमा आयोजना हुँदैछ। रायसीको हेलिकप्टर यहीँ दुर्घटनाग्रस्त भयो । यसपछि रायसीको पार्थिव शरीरलाई धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने कोम प्रान्तमा लगिनेछ । यहाँ शवयात्रा पनि निकालिनेछ ।

त्यसपछि दुर्घटनामा मृत्यु भएका रायसी र इरानी विदेशमन्त्रीको शव राजधानी तेहरान ल्याइनेछ । अर्को कार्यक्रम बुधबार यहाँ हुनेछ । इरानले बुधबार सरकारी बिदा दिएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १८:२०
Weather Update