News Griha :: न्यूजगृह
ललितपुरको ग्वार्कोमा गाडीको ठक्करबाट एक जनाको मृत्यु
ललितपुरको ग्वार्कोमा गाडीको ठक्करबाट एक जनाको मृत्यु दुर्घटनामा सिरहा घर भएका ३२ वर्षीय जयनाथ यादव गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।
बुद्धजयन्ती मनाउन प्रधानमन्त्री लुम्बिनीमा
बुद्धजयन्ती मनाउन प्रधानमन्त्री लुम्बिनीमा कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरू बुधबार साँझ नै लुम्बिनी आइपुगेका छन्। बुधबार साँझ नै प्रचण्डले बुद्धजयन्तीको अवसरमा भारतीय दूतावास र लुम्बिनी विकास कोषले संयुक्त रूपमा आयोजना गरेको फोटो प्रदर्शनी तथा सांस्कृतिक साँझलाई सम्बोधनसमेत गरेका थिए।
भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द
भारतसँग सिमाना जोडिएका पर्साका नाका बन्द वीरगञ्ज भन्सार कार्यालयसहितका पर्सा जिल्लाका सीमानाका बिहीबार बिहान ६ बजेदेखि बन्द भएका पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए। जेठ १२ गते अपराह्न ६ बजेसम्म नेपाल–भारत सीमानाका बन्द हुने उनले जानकारी दिए।
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै आज राती देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा...
भारतमा बंगलादेशका सांसद मृत भेटिए
भारतमा बंगलादेशका सांसद मृत भेटिए समाचार एजेन्सी एएनआईका अनुसार सांसद अनवरुल मे १२ मा उपचारका लागि कोलकाता आएका थिए। भोलिपल्टै उनी बेपत्ता भएका थिए। उनको फोनसमेत अफ भएको थियो। यसपछि १७ मे मा बिहारको कुनै इलाकामा उनको फोन केही समयको लागि स्वीच अन भयो। प्रहरीका अनुसार उनको फोनबाट उनको परिवारका सदस्यहरूलाई नयाँ दिल्ली गएको सन्देश...
स्वास्थ्यमन्त्री यादवले गरे वीर अस्पतालको छड्के अनुगमन 
स्वास्थ्यमन्त्री यादवले गरे वीर अस्पतालको छड्के अनुगमन  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा छड्के अनुगमन गरेका छन्। बुधबार दिउँसो मन्त्री यादवसहित मन्त्रालयका सचिव डा. रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा पुगेका हुन्। मन्त्री यादवले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गरेका छन्। 
सगरमाथा आरोहणका क्रममा एक नेपालीसहित दुई आरोही बेपत्ता
सगरमाथा आरोहणका क्रममा एक नेपालीसहित दुई आरोही बेपत्ता विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन्। बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन्। मंगलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय पास तेन्जी शेर्पा र बेलायती नागरिक ४० वर्षीय ड्यानियल पउल पिटरसन बेपत्ता भएका पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले...
दिनमा दुई पटक निःशुल्क फोहोर उठाउँदै वीरगञ्ज महानगर
दिनमा दुई पटक निःशुल्क फोहोर उठाउँदै वीरगञ्ज महानगर देशको संघीय राजधानी काठमाडौंबासीले साताको एक पटक फोहोरमैला संकलन गर्ने गाडी आउँदा पनि राहतको महसुस गर्ने गर्छन्। घरभित्र थुप्रिएको फोहरमैलामा दुर्गन्ध आएर बसिखप्नै नहुने भएकाले पनि राहतको अनुभूति गर्ने हुन्। बेलाबखतमा बञ्चरेडाँडा र सिसडोलका स्थानीयबासीको अवरोधले पनि काठमाडौंबासी महिनौँ दिनसम्म फोहरमैला सडकमै यत्रतत्र देख्दै आइरहेका छन्।
कैलाश सिरोहिया पक्राउ परेकोबारे अमेरिकी दूतावासको यस्तो प्रतिक्रिया 
कैलाश सिरोहिया पक्राउ परेकोबारे अमेरिकी दूतावासको यस्तो प्रतिक्रिया  मंंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया आफ्नो कार्यकक्षबाटै पक्राउ परेपछि त्यसको विषयमा विभिन्न प्रतिक्रिया आइरहेको छ। सिरोहिया पक्राउ परेपछि नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै आफ्नो प्रतिक्रिया जनाएको छ। बुधबार दूतावासले विज्ञप्ति जारी गर्दै कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र...
मिडिया सोसाइटीद्वारा कैलाश सिरोहियाको रिहाइको माग  
मिडिया सोसाइटीद्वारा कैलाश सिरोहियाको रिहाइको माग   सञ्चार गृह सञ्चालकहरुको संगठन मिडिया सोसाइटीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको रिहाइको माग गरेको छ।  बुधबार सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले पत्रकार सम्मेलनमा सिरोहियालाई रिहाइ नगरेसम्म निरन्तर संघर्ष गर्ने घोषणा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले सो घटनाको जिम्मेवारी दिएर न्यायिक छानबिन गर्नुपर्ने माग गरेका छन्।
सिरोहियालाई अदालतमा उपस्थित गराइयो, सुरक्षा व्यवस्थामा कडाइ 
सिरोहियालाई अदालतमा उपस्थित गराइयो, सुरक्षा व्यवस्थामा कडाइ  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषामा पेस गरिएको छ।  मंगलबार पक्राउ परेका सिरोहियालाई बुधबार म्याद थपका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको हो।उनलाई अदालतमा उपस्थित गराइने भएसँगै त्यहाँको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।प्रहरीले सडकमा घेरा हालेर उच्च सुरक्षाकाबीच सिरोहियालाई अदालतमा पुर्‍याइएको हो।  
Weather Update