News Griha :: न्यूजगृह
कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा, यस्तो छ दिनभरको मौसम पूर्वानुमान
कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा, यस्तो छ दिनभरको मौसम पूर्वानुमान कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का  देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही  बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।
ट्राफिक प्रहरीको लापसे चेकिङः ४ जना चालक पक्राउ 
ट्राफिक प्रहरीको लापसे चेकिङः ४ जना चालक पक्राउ  लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले भक्तपुरको जगातीबाट नियन्त्रणमा लिएको छ । 
कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई मंगलबार पक्राउ गरी जनकपुर लगेको थियो। बुधबार अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। न्यायाधीश रोमाकान्त ज्ञवालीको एकल इजलासले शुक्रबार तीन दिन म्याद थपेको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए। जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिन मागेको थियो। तर इजलासले ३ दिन...
तीन महिनामा मरे तीन पाटेबाघ
तीन महिनामा मरे तीन पाटेबाघ चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग नजिक रहेका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का राष्ट्रिय तथा सामुदायिक वनमा दुलर्भ पाटेबाघको गतिविधि बढेसँगै मृत्यु हुनेक्रम बढेको छ।
सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा दोषी ठहर भएका इन्जिनियर मृत भेटिए
सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा दोषी ठहर भएका इन्जिनियर मृत भेटिए  सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका इन्जिनियर नवीनकुमार पोखरेल मृत अवस्थामा फेला परेका छन्।  विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर पोखरेल बिहीबार भक्तपुरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।आफ्नै घरको भर्‍याङमा मृत अवस्थामा फेला परेको र...
आजदेखि टिप्ताला नाका खुला
आजदेखि टिप्ताला नाका खुला ताप्लेजुङको टिप्ताला नाका आजदेखि खुला गरिएको छ। नेपाल–चीनको सीमानामा रहेको यो नाका कोरोना महामारी यता बन्द थियो।
डोजर लगाएपछि बागलुङका ताल सुक्दै
डोजर लगाएपछि बागलुङका ताल सुक्दै संरक्षणका नाममा डोजर लगाउँदा बागलुङमा रहेका चार ताल सुक्दै गएका छन्।  स्थानीय तह स्थपानपछि गाउँ तथा नगरपालिकाले संरक्षणका लागि तालबीचमै डोजर लगाएपछि जैमिनी नगरपालिका–३ मा रहेको गाजाको दह (ताल), ढोरपाटन नगरपालिका–९ मा रहेको रुद्रताल, काठेखोला गाउँपालिका–४ मा रहेको खोर ताल र तमानखोला गाउँपालिका–२ मुठाचौरस्थित बराह ताल सुक्न थालेका हुन्। 
सहकारी पीडितले फेरि सुरु गरे सडक आन्दोलन 
सहकारी पीडितले फेरि सुरु गरे सडक आन्दोलन  सहकारीका पीडित बचकर्ताहरूले फेरि सडक आन्दोलन सुरु गरेका छन्। सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन काठमाडौंको माइतीघर मण्डलाबाट सुरु गरेका हुन्। देशभरका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै आइरहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आन्दोलन शुक्रबार माइतीघर मण्डलामा आन्दोलन गरेको हो। 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो, उडान प्रभावित 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो, उडान प्रभावित  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि उडान प्रभावित भएको छ। शुक्रबार मध्यान्न धावनमार्गमा खाल्डो देखिएपछि झण्डै एक घण्टा उडान बन्द गरिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए। उनका अनुसार विमानस्थलको धावनमार्गको कोटेश्वरतर्फको पीच उप्किएपछि खाल्डो परेको र मर्मतका लागि ४५ मिनेट उडान रोकिएको हो।  
संघीय सरकारप्रति बालेनको कटाक्षः कि आफू काम गर्नु, नभए हामीलाई गर्न दिनु 
संघीय सरकारप्रति बालेनको कटाक्षः कि आफू काम गर्नु, नभए हामीलाई गर्न दिनु  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले यसअघि सरकारले बजेटमार्फत घोषणा गरेको काम नगरेको भन्दै कटाक्ष गरेका छन्। चालु आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा ‘प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ् गर्ने व्यवस्था मिलाइनेछ’ भनिएकोमा उक्त कामको प्रगती शून्य भएपछि सामाजिक सञ्जालमा बालेनले कटाक्ष गरेका हुन्।
इलाममा पौडी खेल्न गएका २ बालक नदीमा डुबे, ३ जनाको उद्धार
इलाममा पौडी खेल्न गएका २ बालक नदीमा डुबे, ३ जनाको उद्धार इलाममा पौडी खेल्ने क्रममा स्थानीय माईखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ।बिहीबार साँझ पौडी खेल्ने क्रममा नदीमा डुबेर दुई बालकको मृत्यु भएको हो। पौडी खेलिरहेको अवस्थामा तीन जना बालकको भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी प्रकाश जबेगुले जानकारी दिए।
कैलाश सिरोहियालाई आज पुनः अदालत लगिँदै
कैलाश सिरोहियालाई आज पुनः अदालत लगिँदै नागरिकता प्रकरणमा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहियालाई शुक्रबार दोस्रोपटक अदालत पेस गरिँदै छ। धनुषा प्रहरीका प्रवक्ता, डीएसपी रञ्जन अवाका अनुसार अनुसन्धान जारी रहेकाले सिरोहियालाई दोस्रोपटक म्याद थप्न जिल्ला अदालत पेस गर्न लागिएको हो। 
Weather Update