News Griha :: न्यूजगृह
कोशी, बागमती र लुम्बिनी प्रदेशमा बिहानैदेखि वर्षा, यस्तो छ दिनभरको मौसम पूर्वानुमान

काठमाडौं— हाल नेपालमा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का  देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत  देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही  बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भूभागको एकदुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

भोलि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एकदुई स्थानमा चट्याङ्ग/हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१  ०६:३०
Weather Update