News Griha :: न्यूजगृह
ट्राफिक प्रहरीको लापसे चेकिङः ४ जना चालक पक्राउ 

काठमाडौं— लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ४ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले भक्तपुरको जगातीबाट नियन्त्रणमा लिएको छ । 

बा ४ ख ९३ ९६  नम्बरका बस चालक सिन्धुपाल्चोकका ३२ वर्षीय पेमा घेम्सो लामा, बा ५ ख ४० २७ नम्बरका माइक्रो चालक सिरहाका २६ वर्षीय देव यादव, बा १ ज ६१ ७४ नम्बरका जीप चालक उदयपुरका २८ वर्षीय शिव शंखर चौधरी र बा २ ज २३ नम्बरका ट्याक्सी चालक काठमाडौंको बानेश्वर बस्ने ३५ वर्षीय जीवन गिरीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई थप अनुसन्धान र कारबाहीको लागि प्रहरी वृत्त जगातीको जिम्मा लगाइएको ट्राफिक प्रहरीले जनाएको छ। 

प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरेरनगरेको चेक गर्दै आएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  २०:५७
Weather Update