१३औँ पटक एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई आइतबार, जेठ १३, २०८१

बालेनलाई सडक डिभिजनको चेतावनी- अराजक व्यवहार सह्य हुँदैन आइतबार, जेठ १३, २०८१ सडक डिभिजन काठमाडौं अबेर राति विज्ञप्ति जारी गर्दै विवादको चुरो न्युरोड क्षेत्रमा बाटो साँघुरो बनाउने विषय रहेको बताएको छ। न्युरोड क्षेत्रमा मोटर गुड्ने पिच बाटो घटाएर पैदलयात्रीका लागि बाटो बनाउन महानगरले सुरु गरेको छ। शनिबार दिउँसो १२ बजे बिनाअनुमति सडक काटी सडकको स्टान्डर्ड चौडाइ घटाउन नपाउने भन्दै सडक डिभिजनले रोक...
![सडक विभागको गेट मै काठमाडौं महानगरले थुपारिदियो धुलो [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/520X390/sadak-bivag-kathmandu-1716641271.jpg)
सडक विभागको गेट मै काठमाडौं महानगरले थुपारिदियो धुलो [भिडिओसहित] शनिबार, जेठ १२, २०८१ काठमाडौं महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौं बाहिरको सडकमा धुलो थुपारिदिएको छ।चक्रपथको कलंकी-महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण ब्यहोर्नुपरेको भन्दै महानगरको ब्रुमरले संकलन गरेको धुलो बबरमहलस्थित सडक विभाग बाहिर र मीनभवनस्थित डिभिजन सडक कार्यालय काठमाडौं बाहिर थुपारेको हो।
-1716634526.jpg)
ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा शनिबार, जेठ १२, २०८१ ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको छ।माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य आयोजनाबाट उत्पादित बिजुली देशका पूर्वी भेगमा प्रवाह गर्ने हेटौँडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको आयोजनाका प्रमुख श्याम यादवले बताए।
-1716628095.jpg)
पदयात्राको गन्तव्य बन्दै देवचुली डाँडा शनिबार, जेठ १२, २०८१ नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा रहेको महाभारत पर्वत शृङ्खलाको देवचुली डाँडा धार्मिक पर्यटनसँगै पदयात्राको गन्तव्य बन्दै गएको छ। तीन कन्या माईको पूजा गर्न जानेहरू मात्र नभएर पछिल्लो समय दृश्यावलोकन र पदयात्राका लागि जानेहरू नियमितजसो भेटिन थालेका छन्।
-1716626841.jpg)
सगरमाथा आरोहणपछि शेर्पाले अघि सारिन् यस्ता माग शनिबार, जेठ १२, २०८१ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेपछि कलाकार छिरिङ शेर्पाले शेर्पा गाइडहरुका लागि विभिन्न मागहरु अघि सारेकी छन्।मोडल तथा कलाकार शेर्पाले केही दिनअघि सगरमाथाको चुचुरोमा पुगी त्यहाँ आफ्नो आगामी चलचित्र ‘टासिदेलेक’को पहिलो पोष्टरसहित विभिन्न संघ संस्थाका झण्डा पनि फहराएकी थिइन्।
-1716620583.jpg)
जीर्ण पुलबाट आवतजावत गर्दै स्थानीय, परेन सरकारको नजर शनिबार, जेठ १२, २०८१ मुगुको सोरु गाउँपालिका कुलाहास्थित झोलुङ्गे पुल लामो समयदेखि जीर्ण रहँदा स्थानीयले सास्ती खेप्दै आएका छन्। पुल जीर्ण रहँदा कालैया, खनाया, जिमा, पुरुमुरुका साथै सोरु गाउँपालिकाका बासिन्दा जोखिम मोलेरै धराप पुलबाट वारपार गर्न बाध्य छन्। मुगुको कर्णाली नदीमाथि जिमा र कालैया जोड्ने पुल २०३९ सालमा निर्माण गरिएको हो।

किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा आउँदै शनिबार, जेठ १२, २०८१ नेपाल सरकारको निरन्तरको कूटनीतिक प्रयासपछि सङ्खुवासभास्थित चीनसँग सीमा जोडिएको किमाथाङ्कासहित अधिकांश व्यापार नाका आजदेखि पुनः सञ्चालनमा आउँदै छन्।

हेटौँडामा बसको ठक्करबाट एक जनाको मृत्यु शनिबार, जेठ १२, २०८१ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित पूर्व–पश्चिम सडकखण्डमा गए राति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै सहकारी पीडित सडकमा शनिबार, जेठ १२, २०८१ काठमाडौंसहित चितवन, धरान, पोखरा, रुपन्देही र बारालगायतका स्थानमा पनि आन्दोलनका कार्यक्रम हुने अभियानका अध्यक्ष कुशलभ केसीले जानकारी दिए।

कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण, चार जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने शनिबार, जेठ १२, २०८१ घिरिङमा बाढी, पहिरो, आगलागीजस्ता विपद् आइपरेको खण्डमा सदरमुकामबाट सहजरुपमा सहयोग पुग्न नसकेको अवस्थामा पनि प्रदेश राजधानी पोखरा, रामपुर, तराई क्षेत्रबाट सहजरुपमा सहयोग पाउन सक्नेछ । वर्षायाममा खहरे खोलामा बाढी आएको अवस्थामा समेत यस पुलमार्फत अन्यत्र आवतजावत गर्न सकिनेमा स्थानीय विश्वस्त छन्। मोटरेवल पुल दुई सय १० मिटर लम्बाइको बन्नेछ। पुल...
भोलि आइतबारदेखि शुक्रबारसम्म काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने [सूचनासहित] शनिबार, जेठ १२, २०८१ नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका भइरहेको छ।

जीबी राईको पासपोर्ट रद्द गर्न नमिल्ने निष्कर्ष शनिबार, जेठ १२, २०८१ विभिन्न सहकारीको अर्बौं रकम घोटालामा फरार रहेका जीबी राईको राहदानी रोक्का वा रद्द गर्न नमिल्ने निष्कर्ष राहदानी विभागले निकालेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख ३० गते राईको राहदानी रोक्का वा रद्द गर्न भनेर राहदानी विभागमा पत्राचार गरेको थियो। तर त्यसबारे राहदानी विभागले उनको राहदानी रद्द वा रोक्का गर्न नमिल्ने...









