भोलि आइतबारदेखि शुक्रबारसम्म काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने [सूचनासहित]
काठमाडौं— नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका भइरहेको छ।
यी केन्द्रमार्फत वितरण हुने विभिन्न स्थानमा आगामी आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।
साँखु फिडर, चौमती फिडर, केएमसी फिडर, कालीमाटी फिडर, रोपवे फिडर र मूलपानी फिडर विद्युतीय तार भूमिगत हुनेछ।
यसका कारण साँखु बजार, छाउनी आर्मी अस्पताल क्षेत्र, सुविधा नगर, सिनामंगल, भिमसेनगोला क्षेत्र, सोल्टी मोडदेखि कलङ्की क्षेत्र, मैत्रीनगर, टेगलाफाँट क्षेत्र, फिकल चोकदेखि बाबा चोकसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१ ०८:३५













