तेस्रो चरणको आन्दोलन
सरकारले सम्झौता कार्यान्वयन नगरेको भन्दै सहकारी पीडित सडकमा

काठमाडौं— सहकारी पीडित बचतकर्ताले शनिबार पनि काठमाडौंमा प्रदर्शन गर्ने भएका छन्।
शुक्रबार काठमाडौंको माइतीघरमा भेला भएर विरोध प्रदर्शन गरेका उनीहरुले प्रदर्शन जारी राख्ने भएका हुन्।
सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितले तेस्रो चरणको आन्दोलन सुरु गरेका हुन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा आन्दोलन सुरु भएको हो।
काठमाडौंसहित चितवन, धरान, पोखरा, रुपन्देही र बारालगायतका स्थानमा पनि आन्दोलनका कार्यक्रम हुने अभियानका अध्यक्ष कुशलभ केसीले जानकारी दिए।
प्रकाशित मिति: शनिबार, जेठ १२, २०८१ ०९:३५













