
काठमाडौं— सुरक्षण मुद्रण केन्द्रले गरेको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर भएका इन्जिनियर नवीनकुमार पोखरेल मृत अवस्थामा फेला परेका छन्।
विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर पोखरेल बिहीबार भक्तपुरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।
आफ्नै घरको भर्याङमा मृत अवस्थामा फेला परेको र साथमा सुसाइड नोटसमेत फेला परेको प्रहरीले जनाएको छ।
गत जेठ ८ गते विशेष अदालतले पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो।
पोखरेल वन तथा वातावरण मन्त्रालयमा उपसचिवस्तरमा कार्यरत रहेका बेला गत वर्ष निलम्बनमा परेका थिए।
सुसाइड नोटसमेत भेटिएका कारण आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ।













