News Griha :: न्यूजगृह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो, उडान प्रभावित 

काठमाडौं—त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि उडान प्रभावित भएको छ। 

शुक्रबार मध्यान्न धावनमार्गमा खाल्डो देखिएपछि झण्डै एक घण्टा उडान बन्द गरिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए। 

उनका अनुसार विमानस्थलको धावनमार्गको कोटेश्वरतर्फको पीच उप्किएपछि खाल्डो परेको र मर्मतका लागि ४५ मिनेट उडान रोकिएको हो।  

सो क्रममा अवतरणको तयारीमा रहेका केही विमानलाई केहीलाई आकाशमै र केहीलाई अन्यत्र डाइभर्ट गराइएको थियो। 

प्राविधिक टोलीले खाल्डो पुरेर सुकेपछि केहीबेरअघिबाट उडान सुचारु गरिएको झाले बताए। 

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १३:१२
Weather Update