News Griha :: न्यूजगृह
कैलाश सिरोहियालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं— जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

न्यायाधीश रोमाकान्त ज्ञवालीको एकल इजलासले शुक्रबार तीन दिन म्याद थपेको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए। जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिन मागेको थियो। तर इजलासले ३ दिन मात्र म्याद थपेको छ।

नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई मंगलबार पक्राउ गरी जनकपुर लगेको थियो। बुधबार अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

शुक्रबार म्याद थपका लागि अदालतमा पेस गर्नुअघि सरकारी वकिलको कार्यालयमा झण्डै तीन घण्टा बयान लिइएको थियो।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १८:४९
Weather Update