
सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा मंगलबार, जेठ ८, २०८१ सर्वोच्च शिखर सगरमाथाको २९औँ पटक सफल आरोहण गरी विश्वकीर्तिमान कायम गरेका कामीरिता शेर्पा ३०औँ पटक सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतिर उक्लिएका छन्।

कति छ गृहमन्त्री लामिछानेको सम्पत्ति? मंगलबार, जेठ ८, २०८१ सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक विवरण अनुसार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग बुढानिलकण्ठ नगरपालिका–८ मा ५ आना जग्गा रहेको उल्लेख गरिएको छ। जुन उनकी श्रीमती निकिता पौडेलको नाममा रहेको देखाइएको छ। पारिश्रमिकबाट ३ करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख गरिएको छ।
![प्रचण्डको सम्पत्तिः २५ लाख नगद र ५ तोला सुन [विवरणसहित]](https://newsgriha.com/uploads/posts/520X390/puspakamal-dahal-prachanda-nepal--1696917563.jpg)
प्रचण्डको सम्पत्तिः २५ लाख नगद र ५ तोला सुन [विवरणसहित] मंगलबार, जेठ ८, २०८१ प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग २५ लाख रुपैयाँ खातामा रहेको छ।एभरेस्ट बैंक लिमिटेडमा प्रतिनिधि सभा सदस्यको हैसियतमा २५ लाख रुपैयाँ जम्मा भएको देखाइएको छ। त्यसैगरी पैत्रिक सम्पत्तिलाई मुख्य स्रोत देखाइएको ५ तोला प्रधानमन्त्रीसँग रहेको विवरणमा उल्लेख छ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी मंगलबार, जेठ ८, २०८१ जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।सिरोहियाले कीर्ते गरेर नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएको छ।

बेलायतले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने मंगलबार, जेठ ८, २०८१ बेलायतका प्रधानमन्त्री ऋषि सुनकले जलवायु परिवर्तनका क्षेत्रमा नेपाललाई सघाउने बताएका छन्।नेपाल र बेलायतबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री सुनकको कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा उनले उक्त कुरा बताएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ।

कैलालीमा चट्याङ लागेर बालिकाको मृत्यु मंगलबार, जेठ ८, २०८१ घोडाघोडी नगरपालिका- ९ उत्तरपूर्वा बस्ने लालसिंह बिकको १५ वर्षीया छोरी ममताको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको हो।

काठमाडौंको थलीमा एक पुरुषको शव फेला पर्यो, हत्याको आशंका मंगलबार, जेठ ८, २०८१ थलीको उकालोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। कालो कपडाले मुख छोपेको र रगत बगिरहेको अवस्थामा शव फेला परेको काठमाडौं प्रहरीले जनाएको छ। घटनास्थलमा ब्लेड समेत फेला परेको छ।

यी स्थानमा आज वर्षाको सम्भावना मंगलबार, जेठ ८, २०८१ हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

पशुपतिनाथ मन्दिरको भेटी चोर्ने ८ जना पक्राउ सोमबार, जेठ ७, २०८१ पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्।

बालेनको चेतावनीपछि काठमाडौं महानगरका गाडी चालक रिहा सोमबार, जेठ ७, २०८१ काठमाडौं महानगरपालिकाको फोहोरको गाडी चलाउने चारजना चालक रिहा भएका छन्। सोमबार प्रहरीले पक्राउ गरेका चालकलाई मेयर बालेन्द्र शाह (बालेन)को चेतावनीपछि सरकारले रिहा गरेको हो।

नक्कली विवाह गराएर चीनमा नेपाली युवती तस्करी गर्ने गिरोह सक्रिय, एक महिला पक्राउ सोमबार, जेठ ७, २०८१ चिनियाँ नागरिकसँग नक्कली विवाह गराएर नेपाली युवतीको बेचबिखन गर्ने गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले गरेको छानबिनका क्रममा यसरी नेपाली युवतीलाई चीन पठाएको आरोपमा एक जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थायी घर भई हाल चीनमा बस्दै आएकी ४३ वर्षीया मनमाया...

२५ वर्षदेखि प्रहरीको खोजी सूचीमा रहेका कुख्यात अपराधी पर्साबाट पक्राउ सोमबार, जेठ ७, २०८१ दुई व्यक्तिको हत्यासँगै श्रृंखलाबद्ध चोरी, डकैतीमा संलग्न रहेको आरोप लागेका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पर्साको सखुवा प्रसौनी गाउँपालिका गाउँपालिका–५, बलुवाका ७२ वर्षीय प्रेम गिरीलाई प्रहरीले आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी कुमोध ढुंगेलले बताए।









