News Griha :: न्यूजगृह
परराष्ट्रमन्त्री श्रेष्ठको सम्पत्ति विवरणः ३८ रोपनी जग्गा पार्टीलाई दिएको, गाडी प्रचण्डले दिएको 
फाइल तस्बिर

काठमाडौं— उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा सार्वजनिक गरिएको विवरण अनुसार परराष्ट्रमन्त्री श्रेष्ठसँग झण्डै ३८ रोपनी पैतृक जग्गा गोरखामा रहेको उल्लेख गरेका छन्। 

गोरखाको सिरानचोक गाउँपालिका ८ मा उनको नाममा ३ कित्ता जग्गा छ। एउटा कित्ता ३१ रोपनी १५ आना छ, अर्को कित्ता १ रोपनी १० आना र अर्को ५ रोपनी ७ आना छ। त्यसलाई उनले पैत्रिक भनेका छन् तर उक्त सम्पत्ति भने २०५८ सालमै पार्टीलाई बुझाएको र त्याे प्रक्रियामा रहेको उल्लेख गरिएको छ। 

यस्तै आफूले प्रयोग गर्दै आइरहेको गाडी प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको बताएका छन्। बा१०च ५७९८ नम्बरको महिन्द्रा गाडी रहेको तर त्यसको मूल्य आफूलाई थाहा नभएको मन्त्री श्रेष्ठले बताएका छन् ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १ लाख २२ हजार ९१८ रुपैयाँ बचत रहेको देखाइएको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १७:१०
Weather Update