News Griha :: न्यूजगृह
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं—कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ।

उनले दोहोरो नागरिकता लिएको भन्दै प्रहरीमा उजुरी परेको हो।  

सिरोहियाले कीर्ते गरेर नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता भएको छ। उनले विभिन्न स्थानमा प्रयोग गरेको नागरिकता नम्बर फरकफरक रहेको र उनको नागरिकतामा उल्लेख नम्बरमा जिल्ला प्रशासन कार्यालय धनुषाबाट अर्कै व्यक्तिको नाममा समेत नागरिकता जारी भएको दाबी जाहेरीमा छ।

जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र उनले नक्कली नागरिकताको प्रयोग गरिरहेको दाबी गरिएको छ।जाहेरीसँगै संलग्न कागजपत्रहरूमा सिरोहियाको २०१९ जन्ममिति राखेर २०३३/०३४ मा धनुषाबाट जारी भएको नागरिकताको नम्बर र २०३६ भदौ २० मा जनकपुर उपमहानगरपालिका २ ठेगानाबाट शिवजी साहु तेलीको नाममा जारी भएको नागरिकता नम्बर एकै छ।

प्रहरीले पक्राउ पुर्जी जारी नगर्दै सिरोहिया सर्वोच्च अदालत गएका थिए। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १२:५१
Weather Update