News Griha :: न्यूजगृह
ललितपुरको ग्वार्कोमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं— ललितपुरको ग्वार्कोमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

बुधबार राति ग्वार्कोमा प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको गाडीले ठक्कर दिएको थियो।

दुर्घटनामा सिरहा घर भएका ३२ वर्षीय जयनाथ यादव गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।

ठक्कर दिने गाडीको खोजी भइरहेको छ प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १०:००
Weather Update