News Griha :: न्यूजगृह
बालेनको आक्रोश- 'फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन'

काठमाडौं— काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमा बालेनले भ्रष्टलाई समाउन नसकेको तर काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन्।

बालेनले चालकहरु रिहा नभएसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको  फोहोर नउठ्ने बताएका हुन्।   

प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  १८:३९
Weather Update