News Griha :: न्यूजगृह
लापसे गरी सवारी चलाउने ६ जना चालक पक्राउ

काठमाडौं— लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउँदै गरेका ६ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ। 

लापसे गरेर सवारी चलाइरहेका उनीहरूलाई प्रहरीले आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए।

३१ वर्षीय अर्जुन खान, २६ वर्षीय सुशील परियार नेपाली, २६ वर्षीय पारस अधिकारी, २७ वर्षीय सुरेश तामाङ, ३१ वर्षीय श्रीकृष्ण कार्की र २२ वर्षीय जीवन राईलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। 

नागढुङ्गामा हिजो २५ वटा सवारी साधनलाई चेक गर्दा ६ वटा सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो।

ट्राफिक प्रहरीले नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोट बुझाएको छ। 

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ११:००
Weather Update