News Griha :: न्यूजगृह
युद्धग्रस्त गाजामा तीन इजरायली बन्धकको शव फेला पर्‍यो, १७ अमेरिकी डाक्टर सुरक्षित

काठमाडौं— हमास–इजरायलबीचको युद्धमा बन्धक बनाइएका तीन जना इजरायली बन्धकहरूको शव फेला परेको छ। 

इजरायल डिफेन्स फोर्स (आईडीएफ) र हमास बीचको भीषण लडाइँको बीचमा गाजा पट्टीबाट तीन जना बन्धकहरूको शव फेला परेको हो।

तीनै जनाको पहिचानसमेत खुलेको छ। आईडीएफका अनुसार इत्जाक गेलेरन्ट, अमित बुस्किला र शनि लुकको शव रहेको पहिचान भएको हो। 

गत ७ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गर्दा तीन जना मारिएका थिए। पछि उनीहरुको शव गाजामा लगिएको थियो। सुरुमा तीनमध्ये दुईजना बन्धक गेलेन्र्टर र बुस्किला जीवित रहेको विश्वास गरिएको थियो। लुकलाई भने अक्टोबरको अन्त्यमा मृत घोषित गरिएको थियो।

युद्धका कारण हालसम्म ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। अहिले इजरायलले गाजामा जमिनमा आक्रमणलाई तीव्र बनाएको छ। यसैबीच गाजामा फसेका २० अमेरिकी डाक्टरहरुमध्ये १७ जना सुरक्षित रुपमा फर्किएका छन्।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १२:२८
Weather Update