News Griha :: न्यूजगृह
मनमैजुमा प्रहरी जवान मृत भेटिए, घटना शंकास्पद

काठमाडौं— काठमाडौंको मनमैजुमा एक जना प्रहरी जवान मृत फेला परेका छन्।

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शंकास्पद अवस्थामा फेला परेको काठमाडौं उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले बताए। बिहीबार ड्युटी सकेर निस्किएका उनी त्यसपछि कार्यालय फर्किएका थिएनन्।

शुक्रबार अपरान्ह मृत भेटिएको खबर आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी वसन्त रजौरेसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली घटनास्थलमा पुगेको थियो।

निर्माणाधीन घरको मुनी उनी मृत भेटिएका हुन्। शव भेटिएलगत्तै प्रहरीको केनाइन शाखाबाट तालिम प्राप्त कुकुरलाई पनि घटनास्थलमा लगिएको थियो।

खोटाङ घर भएका घिमिरे सामाखुसीमा बस्दै आएका थिए। मनमैजुसम्म उनी कसरी पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  ०६:५१
Weather Update