News Griha :: न्यूजगृह
सरकारबाट बाहिरियो सीके राउतको जनमत पार्टी
सरकारबाट बाहिरियो सीके राउतको जनमत पार्टी जनमत पार्टीले सुरुदेखि कृषि र उद्योग मन्त्रालय माग्दै आएको थियो । तर प्रधानमन्त्री प्रचण्डले तत्काललाई खानेपानी मन्त्रालयमा सम्हाल्नू, पछि मिलाउँछु भनेपछि जनमत सरकारबाटै बाहिरिएको हो । 
प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, खानेपानीमन्त्री खानले दिए राजीनामा
प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद् विस्तार, खानेपानीमन्त्री खानले दिए राजीनामा सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एसलगायतका दललाई समेटेर उनले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपनि सरकारले भने अझै पूर्णता पाउन सकेको छैन । 
इतिहासमा कहिल्यै नमर्ने केही ठुला र नयाँ कामको योजना बनाउँदै छु : प्रधानमन्त्री प्रचण्ड
इतिहासमा कहिल्यै नमर्ने केही ठुला र नयाँ कामको योजना बनाउँदै छु : प्रधानमन्त्री प्रचण्ड आफूले सरकारको नेतृत्व लिएपछि सुशासन, सामाजिक न्याय, विकास, निर्माण र समृद्धिको दृष्टिकोणले केही नयाँ खालको रेकर्ड बनाउने कामको सुरुवात गरेको दाबी गर्दै उनले अव इतिहासमा कहिल्यै नमर्ने खालको काम गर्ने योजनामा लागेको बताए । 
तीन महिनामा सरकारले धेरै काम गरेको छ : प्रधानमन्त्री
तीन महिनामा सरकारले धेरै काम गरेको छ : प्रधानमन्त्री राजस्व सङ्कलनमा सुधार आएको, विदेशी मुद्रा सञ्चिति बढेको र विप्रेषणमा सुधार आएको उल्लेख गर्दै उनले सेवा प्रवाह गर्ने कार्यालयका लामा–लामा लाइन हटेको दाबी गरे ।
जसपाबाट अशोक राई शिक्षामन्त्री बन्ने
जसपाबाट अशोक राई शिक्षामन्त्री बन्ने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जसपाले शिक्षा र वन मन्त्रालय पाएको छ ।
कांग्रेसले दियो चार मन्त्रीको नाम, खड्का रक्षा र महत अर्थमन्त्री बन्ने
कांग्रेसले दियो चार मन्त्रीको नाम, खड्का रक्षा र महत अर्थमन्त्री बन्ने सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको छ । तर नेता शेखर कोइराला समूहले दुई मन्त्री स्वीकार नगर्ने बताएपछि बाँकी मन्त्रीहरूको नियुक्ति रोकिएको बताइएको छ ।
नागरिक उन्मुक्तिले अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा पठाउने
नागरिक उन्मुक्तिले अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा पठाउने जसअनुसार नागरिक उन्मुक्तिको भागमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेको छ । 
सबैले मेरो जति काम गरे देश बन्न समय लाग्दैन : खानेपानी मन्त्री अब्दुल खान
सबैले मेरो जति काम गरे देश बन्न समय लाग्दैन : खानेपानी मन्त्री अब्दुल खान उनले आफूले मन्त्री बनेर काम गरेको लगभग साढे २ महिना भएको भन्दै यो अवधिमा आफूले सोचेअनुसार काम गर्न नसके पनि राम्रो काम गरेको दाबी गरे । 
नवनियुक्त मन्त्रीहरूले दिउँसो तिन बजे शपथग्रहण गर्ने
नवनियुक्त मन्त्रीहरूले दिउँसो तिन बजे शपथग्रहण गर्ने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले नव नियुक्त मन्त्रीहरूको शपथ तीन बजे तय भएको जानकारी दिए । 
शेखर समूहले सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने
शेखर समूहले सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने कोइराला समूहको शुक्रबार बसेको बैठकले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको हो ।
एमालेले चाहे केही दिनकै गठबन्धन भत्किन्छ : पौडेल
एमालेले चाहे केही दिनकै गठबन्धन भत्किन्छ : पौडेल नेता पौडेलले एमालेले गठबन्धन भत्काउने महसुस गरे केही हप्ताको मात्रै खेल रहेको भन्दै तर आफ्नो पार्टी अहिले गठबन्धन भत्काएर नयाँ गठबन्धन बनाउने धन्दामा नरहेको स्पष्ट पारे ।
Weather Update