कांग्रेसले दियो चार मन्त्रीको नाम, खड्का रक्षा र महत अर्थमन्त्री बन्ने

काठमाडौं— नेपाली कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बन्ने भएका छन् भने प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने भएका छन् ।
कांग्रेसका तर्फबाट पुष्पकमल दाहाल प्रचण्ड सरकारमा चार जना मन्त्री बन्ने भएका छन् । पार्टीभित्र भागबन्डा नमिलेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्र नाम प्रधानमन्त्रीलाई दिएका हुन् ।
त्यसैगरी कांग्रेसले रमेश रिजाल उद्योग र सीता गुरुङ सहरी विकास मन्त्री बन्ने पक्का भएको स्रोतको भनाइ छ ।
सत्ता गठबन्धनको भागबन्डामा कांग्रेसले ८ मन्त्रालय पाएको छ । तर नेता शेखर कोइराला समूहले दुई मन्त्री स्वीकार नगर्ने बताएपछि बाँकी मन्त्रीहरूको नियुक्ति रोकिएको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ १३:३३













