News Griha :: न्यूजगृह
नागरिक उन्मुक्तिले अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा पठाउने

काठमाडौं— नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई मन्त्री बनाउने भएको छ ।

सत्ता गठबन्धनको भागबन्डामा नाउपाले एक मन्त्रालय पाउने सहमति भएको थियो । जसअनुसार नागरिक उन्मुक्तिको भागमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय परेको छ । 

पार्टी अध्यक्ष रञ्जिता मन्त्री बन्ने सांसद गंगाराम चौधरीले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १३:०३
Weather Update