News Griha :: न्यूजगृह
नवनियुक्त मन्त्रीहरूले दिउँसो तिन बजे शपथग्रहण गर्ने

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रीपरिषद् बिस्तार गर्ने भएका छन् । दोस्रो पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्डले रिक्त मन्त्रालयमा मन्त्रीहरू नियुक्त गर्न लागेका हुन् ।

जसअनुसार नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो ३ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले नव नियुक्त मन्त्रीहरूको शपथ तीन बजे तय भएको जानकारी दिए । 

गत पुस १० गते नेकपा एमाले सहितको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले राष्ट्रपति निर्वाचनका समयमा सत्ता साझेदार दल परिवर्तन गरेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका थिए । उक्त गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी भने गृहमन्त्री नपाएपछि त्यसअघि नै सरकारबाट बाहिरिइसकेको थियो । 

लामो समयदेखि रिक्त मन्त्रालयमा आज दिउँसो नयाँ मन्त्रीले शपथ लिएपछि पूर्णता हुने भएको छ । सत्ता साझेदार १० दलले मन्त्री बन्नेहरूको नाम प्रधानमन्त्रीलाई दिइसकेका छन् । 

जसअनुसार नेपाली कांग्रेसबाट आठ मन्त्री, माओवादी केन्द्रबाट एक जना, एकीकृत समाजवादी र जसपाबाट २/२ जना, लोसपा, नागरिक उन्मुक्ति, नेसपा र आमजनता पार्टीबाट एक/एक जना मन्त्री मन्त्रीले शपथ लिने छन् ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार नै मन्त्रिपरिषद् विस्तार गर्ने बताइए पनि अन्तिममा छलफल नसकिएको भन्दै आजका लागि सारिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १२:२७
Weather Update