News Griha :: न्यूजगृह
शेखर समूहले सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनका निम्ति नेपाली कांग्रेसको नेता डा.शेखर कोइराला समूहले सम्मानजनक सहभागिताको माग गरेको छ । 

कोइराला समूहको शुक्रबार बसेको बैठकले सरकारमा आफ्नो पक्षको सहभागिता सम्मानजनक नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको हो ।

सत्ता गठबन्धनमा कांग्रेसले ८ मन्त्रालय पाएको छ । जसमा सभापति शेरबहादुर देउवाले शेखर समूहलाई दुई मन्त्रीको नाम दिने भनेका छन् । तर, शेखर समूहले भने यो प्रस्ताव स्वीकार्य नहुने बताएको छ ।

यस विषयमा पार्टी सभापति देउवालाई जानकारी गराइसकेको कांग्रेस सह-महामन्त्री जीवन परियारले जानकारी दिए । उनले भने, 'यो हामीले सभापतिलाई पनि भनेका छौं । प्रधानमन्त्री प्रचण्डलाई खबर गरेका छौं ।'

प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १२:०४
Weather Update