जसपाबाट अशोक राई शिक्षामन्त्री बन्ने

काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) ले अशोक राईलाई सरकारमा पठाउने भएको छ ।
जसपा संघीय परिषद् अध्यक्ष राई शिक्षा मन्त्रालय लिएर सरकारमा जाने निश्चित भएको हो ।
जसपाबाट राजकिशोर यादव, प्रदीप यादव, नवलकिशोर शाहलगायत मन्त्रीका आकांक्षी छन् । तर, अहिलेसम्म राईबाहेक अरू व्यक्तिको नाम टुंगिएको छैन ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जसपाले शिक्षा र वन मन्त्रालय पाएको छ । दश दलीय गठबन्धनलाई समेटेर प्रचण्डले शुक्रबार मन्त्रीपरिषद् बिस्तार गर्दैछन् । राष्ट्रपति कार्यालयका अनुसार तीन बजे मन्त्रीहरूको शपथ गराउने तयारी रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९ १३:४१













