News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल चीनको हाङझाउमा, चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ताको तयारी
प्रधानमन्त्री दाहाल चीनको हाङझाउमा, चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ताको तयारी एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङझाउमा रहने भएकोले त्यहीँ भेटवार्ताको तय भएको हो । दिउँसो साढे १२ बजे प्रचण्ड र सीबीच पहिलो भेट हुने कार्यतालिका छ । 
प्रधानमन्त्री दाहालको चीन भ्रमण आजबाट सुरु
प्रधानमन्त्री दाहालको चीन भ्रमण आजबाट सुरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजबाट सुरु भएको छ ।अमेरिकाको न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर प्रधानमन्त्री दाहाल त्यतैबाट चीन गएका हुन् ।
कालोबजारी र भ्रष्टार नियन्त्रणमा सरकारलाई ‘वार्निङ’ जरुरी छ : गुरु बराल
कालोबजारी र भ्रष्टार नियन्त्रणमा सरकारलाई ‘वार्निङ’ जरुरी छ : गुरु बराल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले कालोबजारी र भ्रष्टाचारका कारण देश र समाज नाजुक अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।
संसदीय समितिले राष्ट्रिय हितअनुसार दिशानिर्देश गर्नुपर्छ : वर्षमान पुन
संसदीय समितिले राष्ट्रिय हितअनुसार दिशानिर्देश गर्नुपर्छ : वर्षमान पुन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संसदीय समितिले संविधानले स्वीकार गरेका विषयमा टेकेर राष्ट्रिय हितअनुसार दिशानिर्देश गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपतिबीच न्यूयोर्कमा भेट
प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपतिबीच न्यूयोर्कमा भेट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच शुक्रबार न्यूयोर्कमा भेट भएको छ ।संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कमा रहेका प्रधानमन्त्री दाहाल र जो बाइडेनबीच भेट भएको हो । 
प्रधानमन्त्री दाहालको चीन भ्रमण आजदेखि 
प्रधानमन्त्री दाहालको चीन भ्रमण आजदेखि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साताव्यापी चीन भ्रमण आजदेखि सुरु हुने भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री दाहाल त्यहाँबाट आज चीनको हाङझाउ प्रस्थान गर्ने भएका हुन् ।चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री दाहाल न्युयोर्कको स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट चीन प्रस्थान गर्नेछन्...
एमालेको बाग्मती प्रदेश अधिवेशन कहिले ?
एमालेको बाग्मती प्रदेश अधिवेशन कहिले ? नेकपा एमालेको प्रथम बाग्मती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौंमा हुने भएको छ  । काठमाडौंको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज ८ गते उद्घाटन हुने अधिवेशनको बन्दसत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।
प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाली राष्ट्रपति योलबीच न्यूयोर्कमा भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाली राष्ट्रपति योलबीच न्यूयोर्कमा भेटवार्ता संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलबीच न्यूयोर्कमा शिष्टाचार भेटवार्ता भएको छ ।
‘द्वन्द्वकालीन गम्भीर अपराधलाई आममाफी हुँदैन’
‘द्वन्द्वकालीन गम्भीर अपराधलाई आममाफी हुँदैन’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन् ।  अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्दै उनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउन लागिपरेको विश्व समुदायलाई जानकारी गराएका हुन् ।
शान्ति प्रक्रियालाई पूर्णता दिन ढिला गर्न हुन्न : कांग्रेस नेता सिटौला 
शान्ति प्रक्रियालाई पूर्णता दिन ढिला गर्न हुन्न : कांग्रेस नेता सिटौला  बिहीबार ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो विषयक’ अन्तरक्रिया कार्यक्रममा उनले विस्तारै दलहरू शान्ति सम्झौतालाई पूर्णता दिने गर्ने बाटोबाट टाढिँदै गएको टिप्पणी गर्दै अब ढिला गर्न नहुने बताए ।
कांग्रेस बैठक भोलि फेरि बस्ने
कांग्रेस बैठक भोलि फेरि बस्ने बिहीबारदेखि पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको बैठक शुक्रबार बिहान पुनः ११ बजे बस्नेगरी स्थगित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बिहीबारको बैठकमा महामन्त्री गगन थापाले प्रस्तावहरू प्रस्तुत गरेका थिए । 
शान्ति प्रक्रिया टुंग्याउन सबै दल एकजुट हुनुपर्छ : देव गुरुङ
शान्ति प्रक्रिया टुंग्याउन सबै दल एकजुट हुनुपर्छ : देव गुरुङ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले शान्ति प्रक्रियालाई पूर्णता दिन सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको बताएका छन् ।
Weather Update