News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल चीनको हाङझाउमा, चिनियाँ राष्ट्रपति सीसँग भेटवार्ताको तयारी

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको हाङझाउ पुगेका छन् । चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री दाहाल एक साता भ्रमणका लागि चीन पुगेका हुन् ।

संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका दाहाल उतैबाट शनिबार बिहान चीनको हाङझाउ विमानस्थलमा अवतरण गरे ।

pm-dahal-chaina-visit1695445675.jpg

उनलाई विमानस्थलमा चीनको केन्द्रीय जनसरकारका स्पोर्ट्स मिनिस्टर एवम् १९औं एसियन गेम्स १०:२३ का अध्यक्षले स्वागत गरेका छन् । प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जीनपीङबीच आजै भेट हुने तय भएको छ ।

एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि हाङझाउमा रहने भएकोले त्यहीँ भेटवार्ताको तय भएको हो । दिउँसो साढे १२ बजे दाहाल र सीबीच पहिलो भेट हुने कार्यतालिका छ ।

pm-chaina-visit1695445713.jpg

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०९:४५
Weather Update