राष्ट्रपति सीसँगको वार्ता उत्साहजनक : प्रधानमन्त्री प्रचण्डआइतबार, असोज ७, २०८०

उच्चस्तरीय आयोगको मस्यौदा तयार, एमाले भन्छ— आयोग बनाउन ढिला गरे प्रश्न उठ्छ आइतबार, असोज ७, २०८० नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले उच्चस्तरीय छानबिन आयोग बनाउन जति ढिला गर्छ त्यति नै सरकारप्रति प्रश्न उठ्ने बताएका छन् ।आइतबार बसेको सर्वदलीय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले सत्तारूढ दलको छलफल केही सकारात्मक भएको र आफूहरूले राखेका कुराहरू पनि सुशासनको पक्षमा रहेको बताएका छन् ।उनले भने,‘हामीले भने अनुसार...
कोशी प्रदेशमा राजनीतिक अस्थिरता देखियो, नयाँ समीकरण बनाऔं : भीम पराजुली आइतबार, असोज ७, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले कोशी प्रदेशमा राजनीतिक अस्थिरता देखिएकोले नयाँ समीकरण बनाएर स्थिरता दिनुपर्ने बताएका छन् ।

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न परिसंघ र सीसीपीआईटीबीच समझदारी आइतबार, असोज ७, २०८० नेपाल उद्योग परिसंघ (सीएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रबर्द्धनका लागि नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना विजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका अवसरमा सीएनआई र सीसीपीआईटीबीच आज उक्त समझदारी भएको हो...
पार्टी सञ्चालनको पुरानो ढर्राले नयाँ पुस्तालाई समेट्न सकिँदैन : विनोद चौधरी आइतबार, असोज ७, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टी सञ्चालनको पुराना ढर्राले नयाँ पुस्तालाई समेट्न नसकिने बताएका छन् ।आइतबार केन्द्रीय कार्यसमितिको बैठकमा चौधरीले अबको निर्वाचनमा देशभित्रै २० लाख युवा मतदाता थपिने बताउँदै पुरानो ढर्राले उनीहरूलाई समेट्न नसकिने बताए ।
प्रहरी समायोजनसहितका कानुन नबन्दासम्म प्रदेश सरकारको औचित्य छैन : मुख्यमन्त्री पाण्डे आइतबार, असोज ७, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले संविधानमा कल्पना गरिएअनुसार प्रदेशमा कानुन बनाउन नसकिएको बताएका छन् ।जारी केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पाण्डेले कानुन बनाउने रुचि विगतका र अहिलेका सरकारमा नदेखिएको बताए ।

देउवालाई प्रदीप पौडेलले भने— प्रधानमन्त्रीकहाँ गएर यो–यो काम गर्नुहोस् भनेर भन्न सक्नुपर्यो आइतबार, असोज ७, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काम गर्न निर्देशन दिनुपर्ने बताएका छन् ।ललितपुरको सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवालाई ध्यानाकर्षण गर्दै पौडेलले प्रधानमन्त्रीलाई काम गर्न आग्रह गर्नुपर्ने बताए ।

नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आजबाट आइतबार, असोज ७, २०८० नेपाल मुस्लिम संघको तेस्रो केन्द्रीय महाधिवेशन आजबाट सुरु हुने भएको छ । नेपाली कांग्रेसको भातृ संस्थाका रुपमा रहेको संघको महाअधिवेशन आज र भोलि काठमाडौंको राष्ट्रिय सभागृहमा हुन लागेको हो ।

विप्लवले दिए फेरि युद्ध लड्ने चेतावनी शनिबार, असोज ६, २०८० नेकपा महासचिव नेत्र बिक्रम चन्द (विप्लव)ले तत्कालीन विद्रोहमा सामेल भएकाहरूलाई अपराधिकरण गरे फेरि युद्ध लड्ने चेतावनी दिएका छन् । काठमाडौंमा शनिबार भएको एक कार्यक्रममा उनले परिवर्तनका लागि लड्नेहरूलाई दोषारोपण गरे फेरि लड्न तयार रहेको चेतावनी दिएका छन् ।
![प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच औपचारिक भेटवार्ता [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/520X390/prachanda-xi 31695465020.jpg)
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच औपचारिक भेटवार्ता [तस्बिरहरू] शनिबार, असोज ६, २०८० शनिबार दिउँसो हाङझाउमा राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री प्रचण्डबीच औपचारिक भेटवार्ता भएको हो । नेपालबाट हाङ्झाव पुगेका प्रतिनिधि मण्डल र चीनका अधिकारीहरू पनि औपचारिक भेटवार्तामा सहभागी भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति चिनफिङबीच भेट शनिबार, असोज ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी चिनफिङबीच भेट भएको छ । राष्ट्रपति चिनफिङले हाङझाउमा आयोजना गरेको दिवाभोजमा उनीहरुबीच संक्षिप्त भेट भएको हो । उनीहरूबीच द्विपक्षीय भेटवार्ता ४ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । भेटवार्तापछि प्रधानमन्त्री प्रचण्ड १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागि हुनेछन् ।

शेखर कोइरालाले भेटे नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित खाणलाई शनिबार, असोज ६, २०८० नेपाली कांग्रेसका नेता शेखर कोइरालाले थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन् । शनिबार बिहान केन्द्रीय कारागार सुन्धारा पुगेर नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वपक्षका लागि थुनामा रहेका खाणलाई भेटेका हुन् ।

अध्यक्ष नेपाल भन्छन्— विद्यमान निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन शनिबार, असोज ६, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने धारणा राखेका छन् ।समाजवादी पेसागत कानुन व्यवसायी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै अध्यक्ष नेपालले विद्यमान निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत आउन नसक्ने भएकाले स्थिरता कायमका लागि निर्वाचन प्रणाली परिमार्जन गर्नुपर्ने बताए ।