News Griha :: न्यूजगृह
कांग्रेस सांसद खड्काले दिए जिल्ला सभापतिबाट राजीनामा
कांग्रेस सांसद खड्काले दिए जिल्ला सभापतिबाट राजीनामा नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद दीपक खड्काले सङ्खुवासभा पार्टी सभापतिबाट राजीनामा दिएका छन् । खड्काले संसद्मा सक्रिय हुँदा जिल्लाको पार्टी गतिविधिमा ध्यान दिन नसकेका कारणले राजीनामा दिएको उल्लेख गरेका छन् ।
नेपालको कानुनबाट कोही नडराउने अवस्था आयो : चन्द्र भण्डारी
नेपालको कानुनबाट कोही नडराउने अवस्था आयो : चन्द्र भण्डारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले शिक्षासम्बन्धी ऐन शिक्षक र कर्मचारीको मात्र नभई अभिभावक पनि भएको बताएका छन् । बुधबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकमा उनले सरकारले यो ऐन सम्बन्धित निकायसँग कुरा नगरी हतारमा पेश गरेको बताए ।
कानुन बनाउन ढिलाइ हुँदा जनताले संघीयताको अनुभूति गर्न पाएनन् : कार्यवाहक प्रधानमन्त्री खड्का
कानुन बनाउन ढिलाइ हुँदा जनताले संघीयताको अनुभूति गर्न पाएनन् : कार्यवाहक प्रधानमन्त्री खड्का कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले कानुन बनाउन ढिलाइ हुँदा जनताले संघीयताको अनुभूति गर्न नपाएको बताएका छन् । बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा संघीयता कार्यान्वयनमा सरकार दृढ रहेको  पनि बताए ।
जसपाले दियाे केन्द्रीय नेताहरूलाई वडादेखि जिल्लासम्मको जिम्मेवारी
जसपाले दियाे केन्द्रीय नेताहरूलाई वडादेखि जिल्लासम्मको जिम्मेवारी जनता समाजवादी पार्टी, (जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ ।
एमाले बागमती अधिवेशन : आज मनोनयन
एमाले बागमती अधिवेशन : आज मनोनयन निर्वाचनका लागि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने भएको छ । अन्तिम नामावली ९ बजे प्रकाशित हुने छ । बिहान ९ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।
‘देशको अवस्था सिटामोल खाएर ठिक हुने खालको छैन’
‘देशको अवस्था सिटामोल खाएर ठिक हुने खालको छैन’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले देशको अवस्था सिटामोल खाएर ठिक हुने खालको नभएको बताएका छन् ।
नेपाल मुस्लिम संघको अध्यक्षमा मन्सुरी निर्वाचित
नेपाल मुस्लिम संघको अध्यक्षमा मन्सुरी निर्वाचित नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघको केन्द्रीय अध्यक्ष पदमा अतावुल मन्सुरी निर्वाचित भएका छन् ।
एमाले बाग्मती प्रदेश अधिवेशनको बन्दसत्र आज
एमाले बाग्मती प्रदेश अधिवेशनको बन्दसत्र आज नेकपा एमाले बाग्मती प्रदेश अधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ ।
लोसपाले केन्द्रीय समितिलाई पूर्णता दियो
लोसपाले केन्द्रीय समितिलाई पूर्णता दियो लोसपाको कार्यकारिणी समितिको बैठकले पदाधिकारीसहित तीन सय ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । उनका अनुसार लोसपाको विस्तारित केन्द्रीय समितिमा पार्टी अध्यक्ष महन्थ ठाकुरसहित ७० जना पदाधिकारी रहेका छन् ।
कैद मिनाहा कानुन अनुसार नै दिइएको कार्यवाहक प्रधानमन्त्रीको जिकिर
कैद मिनाहा कानुन अनुसार नै दिइएको कार्यवाहक प्रधानमन्त्रीको जिकिर कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट भएको कैद मिनाहाको बचाउ गरेका छन् ।कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उपसभापति समेत रहेका कार्यवाहक प्रधानमन्त्री खड्काले विवादमा परेका कैद मिनाहा पाएका व्यक्तिहरूको नाम नलिइकन संविधानसम्मत भएको दाबी गरेका हुन् ।
गगन थापाको प्रश्न — सरकारमा बस्ने अनि देश सङ्कटमा छ भन्ने?
गगन थापाको प्रश्न — सरकारमा बस्ने अनि देश सङ्कटमा छ भन्ने? नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको नेतृत्व गर्ने दलको नाताले कांग्रेसले देश सङ्कटमा छ भन्न नसुहाउने टिप्पणी गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उनले नेतृत्व गर्ने अनि देश सङ्कटमा छ भन्ने ? भन्दै देश सङ्कटमा नभई कांग्रेसको जिम्मामा भएको बताए ।
सुन तस्करी घटनाका दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : केपी ओली
सुन तस्करी घटनाका दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ : केपी ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोगलाई दोषीमाथि कारबाही गराउने कार्यक्षेत्र दिनुपर्ने माग गरेका छन् ।
Weather Update