बालेनलक्षित ओलीको अभिव्यक्ति— घमण्डले मान्छेलाई बिगार्छ सोमबार, असोज ८, २०८०
![कोशीमा मन्त्रिपरिषद् विस्तार, यी हुन् मन्त्री [सूची]](https://newsgriha.com/uploads/posts/520X390/koshi-gov-nepal1688307384.jpg)
कोशीमा मन्त्रिपरिषद् विस्तार, यी हुन् मन्त्री [सूची] सोमबार, असोज ८, २०८० कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेका हुन् ।खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्रीमा बुद्धिकुमार राजभण्डारी र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा लीलाबल्लभ अधिकारी नियुक्त भएका छन् ।

राजनीतिक ध्रुवीकरणका माध्यमले पार्टीलाई बलियो शक्ति बनाउनुपर्छ : महासचिव पोखरेल सोमबार, असोज ८, २०८० नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले राजनीतिक ध्रुवीकरणका माध्यमबाट बलियो राजनीतिक शक्तिका रूपमा आफूलाई सुदृढ गर्न आवश्यक भएको बताएका छन् ।

गठबन्धनको नेतृत्व गर्नेहरूले प्रभावकारी काम गर्न सकेनन् : रामहरि खतिवडा सोमबार, असोज ८, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले गठबन्धनको नेतृत्व गर्नेहरूले प्रभावकारी काम गर्न नसकेको सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बताएका छन् ।
लाइभ गर्दा बैठकमा छलफल भएका विषय बाहिर गयो : चन्द्र भण्डारी सोमबार, असोज ८, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले पार्टीको बैठक लाइभ गर्न नहुने बताएका छन् ।सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठकमा उनले लाइभ गर्दा बैठकमा उठेका कुराहरू बाहिर गएकाे बताएका हुन् ।
कार्यसमिति बैठकमा केसीले भने— पार्टी कब्जामा सभापति पनि लाग्नुभएको होला, जनता अर्कैले कब्जा गरिसके सोमबार, असोज ८, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जनतामा निराशा देखिएको बताएका छन् ।सोमबार पार्टी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सदस्य केसीले समाजमा व्यापक निराशा र असन्तुष्टि देखिएको बताएका हुन् ।उनले बैठकमा भने, ‘हाम्रो समाजमा व्यापक निरासा र असन्तुष्टि छ, बेथिति, अव्यवस्था, विधिविहीनता र भ्रष्टाचार किन मौलाइरहेको छ ? सुशासन केबल...

कांग्रेस नेता खड्का भन्छन्— पार्टीको विधान परिवर्तन गर्नुपर्छ सोमबार, असोज ८, २०८० नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.नारायण खड्काले पार्टीको विधान परिवर्तन गर्नुपर्ने धारणा राखेका छन् । उनले पार्टीको विधानलाई परिवर्तन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सरकार विस्तार गर्दै मुख्यमन्त्री कार्की सोमबार, असोज ८, २०८० कोशी प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्मा पाँच जना मन्त्री थप्ने तयारी गरेको जनाइएको छ ।

नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी सोमबार, असोज ८, २०८० नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङबीच आज ग्रेट हल अफ दी पिपलमा भएको द्विपक्षीय वार्तापछि विभिन्न विषयमा सहमति तथा सम्झौता भएको हो ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री सोमबार, असोज ८, २०८० चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् ।हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा उनले सो धारणा राखेका हुन् ।प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न...

प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी छ्याङबीच द्विपक्षीय भेटवार्ता सुरु सोमबार, असोज ८, २०८० चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ । चीनको स्थानीय समयअनुसार बिहान ११ बजे ग्रेट हल अफ दि पिपलमा सो भेटवार्ता सुरु भएको हो ।

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता सोमबार, असोज ८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटपछि बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डले आजै चीनका समकक्षी ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सुन तस्करी प्रकरण अनुसन्धान गर्ने आयोग बनाउन दलहरूबीच जुटेन सहमति आइतबार, असोज ७, २०८० आइतबार बसेको सर्वदलीय बैठकमा सहमतिअनुसार आयोग गठन गर्नुको साटो सरकारले छलफल थालेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो आयोगको क्षेत्राधिकारका विषयमा अडान छाडेको छैन । यही कारण छलफलमा सहमति जुट्न नसकेको हो ।