गठबन्धनको नेतृत्व गर्नेहरूले प्रभावकारी काम गर्न सकेनन् : रामहरि खतिवडा

काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले गठबन्धनको नेतृत्व गर्नेहरूले प्रभावकारी काम गर्न नसकेको सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बताएका छन् ।
उनले सरकारमा भएको कांग्रेसले जुन आशा जगाउनुपर्ने हो त्यो नभएको बैठकमा बताए । उनले भने, ‘आज देशको अर्थतन्त्र निकै कमजोर छ । सरकारमा गएर हामीले जुन आशा जगाउनुपर्ने हो, त्यो गर्न सकिरहेका छैनौं । गठबन्धनको नेतृत्व गर्नेहरूले जनतामा आशा जगाउन सकेनन् ।’
उनले केन्द्रीय कार्यसमितिको बैठकलाई बिरालो बाधेर श्राद्ध गर्ने परम्परामा मात्र सीमित गर्न नहुने बताए ।
प्रकाशित मिति: सोमबार, असोज ८, २०८० १५:११