एमसीसीकी सीईओ एलिस अलब्राइट नेपाल आउँदै, प्रधानमन्त्रीदेखि शीर्ष नेतालाई भेट्नेशुक्रबार, असोज १२, २०८०

पुराना दललाई रविको अपिल— यसरी काम गर्नुस् कि ०८४ मा हाम्रो जमानत जफत होस् शुक्रबार, असोज १२, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आगामी २०८४ सालमा हुने संसदीय निर्वाचनमा आफ्नाजस्ता नयाँ दलको जमानत जफत हुने गरी पुराना दललाई काम गर्न अपिल गरेका छन्।

एमाले कोशी प्रदेश अधिवेशन आज शुक्रबार, असोज १२, २०८० नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । भोलिसम्म चल्ने अधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागिता रहनेछ ।

प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै, भोलि स्वदेश फर्किने शुक्रबार, असोज १२, २०८० प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट बिहानको उडानमार्फत छेन्दु जान लागेका हुन् । उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र ल्हासा विमानस्थलबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम छ । उनी स्थानीय समयअनुसार दिउँसो २:३० बजे छेन्दु पुग्नेछन् ।

एमाले बागमती अधिवेशनको मतदान आज, अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा शुक्रबार, असोज १२, २०८० नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा शुक्रबार मतदान हुँदै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा संशोधित कार्यतालिका अनुसार बिहान ८ बजेबाट मतदान हुनेछ ।

मूल्यवृद्धि नियन्त्रणमा गम्भीर बन्न सरकारलाई अध्यक्ष नेपालको आग्रह बिहीबार, असोज ११, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको मूल्यवृद्धि अस्वाभाविक भएको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । नेकपा एकीकृत समाजवादीको मेची महाकाली समाजवादी जागरण यात्राका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले सकारात्मक प्रयास नै नथालेको भन्दै असन्तुष्टि पोखे ।

कांग्रेस सिध्याउन खोज्नेहरू आफैँ सकिन्छन् : मन्त्री बस्नेत बिहीबार, असोज ११, २०८० बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कांग्रेस बिना प्रजातन्त्र नरहने जिकिर गरे । भने, ‘कांग्रेस बिना प्रजातन्त्र रहँदैन्, भन्ने कुरा सबैलाई थाहा छ । र नेपालमा अहिले विभिन्न तरिकाबाट प्रजातन्त्रमाथि आक्रामक शैलीमा गतिविधिहरू प्रस्तुत भइरहेको बेला सबै व्यक्तिहरू एक ढिका भएर कांग्रेस पार्टी र प्रजातन्त्रलाई बलियो बनाउनु पर्छ ।’

एकीकृत समाजवादीले मेची–महाकाली जागरण अभियान गर्ने बिहीबार, असोज ११, २०८० एकीकृत समाजवादीले मेची–महाकाली जागरण अभियान गर्ने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो पार्टीले शनिबार झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान २७ असोजमा कञ्चनपुरमा पुगेर सकिने बताएको छ ।

एमाले बाग्मती प्रदेश अधिवेशनमा तीन सयले लिए उम्मेदवारी फिर्ता बिहीबार, असोज ११, २०८० नेकपा एमालेको प्रथम बाग्मती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले फिर्ता लिने क्रम जारी रहेको छ ।एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा जारी निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा एक दिन ढिलो गरी उम्मेदवारी फिर्ताको क्रम चलेको हो ।
रास्वपाका नेताकार्यकर्ताले जनतालाई सडकमा बोलाउने होइन,अब धान काट्न बोलाउनुस् भन्नुपर्छ : लामिछाने बिहीबार, असोज ११, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहत दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन् ।बनेपामा आज आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै उनले जनताका मुद्दामा केन्द्रित भएर आफूहरु अघि बढेको बताए ।

प्रधानमन्त्रीले तीर्थाटन होइन पूर्वाधार छिटो निर्माण गर्न प्राथमिकता दिनुपर्थ्यो : भट्टराई बिहीबार, असोज ११, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण र भएका उपलब्धिप्रति असन्तुष्टि जनाएका छन् ।

एमाले बागमती अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान बिहीबार, असोज ११, २०८० नेकपा एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदै छ । मतदान एमाले पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुनेछ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज मानसरोवर जाँदै बिहीबार, असोज ११, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जाँदै छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री बुधबार तिब्बतको ल्हासा पुगेका थिए ।









