News Griha :: न्यूजगृह
 एमाले बागमती अधिवेशन : नेतृत्व चयनका लागि आज मतदान

काठमाडौं — नेकपा एमाले बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदै छ । मतदान एमाले पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुनेछ  । 

एमाले बागमतीले ४० वटा भोटिङ मेसिन प्रयोग गरेर मतदान गर्दैछ । एमाले बागमतीमा १ हजार १७४ जना मतदाता छन् । 

प्रदेश अध्यक्षका लागि चार सहित उपाध्यक्ष, सचिव र उपसचिवमा २६ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा कैलाश ढुंगेल, कृष्ण दाहाल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उम्मेदवारी दिएका छन् ।

यस्तै, उपाध्यक्षमा दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाको उम्मेदवारी परेको छ ।

 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०८:५९
Weather Update