एमाले बाग्मती प्रदेश अधिवेशनको बन्दसत्र आज

काठमाडौं— नेकपा एमाले बाग्मती प्रदेश अधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ ।
सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनको आज प्रज्ञा भवन कमलादीमा बन्दसत्र हुन लागेको हो ।
बन्दसत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।
अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चयन गर्नेछ ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८० ०९:५०