News Griha :: न्यूजगृह
शान्ति प्रक्रियालाई पूर्णता दिन ढिला गर्न हुन्न : कांग्रेस नेता सिटौला 

काठमाडौं— नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियालाई पूर्णता दिने काममा ढिला गर्न नहुने बताएका छन् ।

बिहीबार ‘विस्तृत शान्ति सम्झौता (२०६३) कार्यान्वयनका १७ वर्ष : उपलब्धि, चुनौती र अबको बाटो विषयक’ अन्तरक्रिया कार्यक्रममा उनले विस्तारै दलहरू शान्ति सम्झौतालाई पूर्णता दिने गर्ने बाटोबाट टाढिँदै गएको टिप्पणी गर्दै अब ढिला गर्न नहुने बताए ।

उनले शान्ति सम्झौतामै उल्लेख भएका कतिपय विषय अझै नटुङ्गिएको प्रति चित्त दुखाए । ‘विस्तृत शान्ति सम्झौतामा उल्लेख गरेको सत्य निरुपण मेलमिलाप आयोग गठन हुन्छ । बेपत्ताहरूको छानविन आयोग गठन हुन्छ । त्यसले अनुसन्धान गर्छ , त्यसले निष्कर्ष निकाल्छ र द्वन्द्वपीडितले न्याय पाउँछन् भनेर घोषण गरिएको थियो त्यो अहिले पनि पुरै अधुरो छ, ’ उनले भने । 

उनले दलहरूबीचको अविश्वासको कारण यो शान्ति सम्झौताको प्रकृया प्राथमिकतामा नपरेको बताए । शान्ति सम्झौता कुनै पनि बदलाको भावनाले सिर्जना नगरी शान्तिको भावनाद्वारा सिर्जित दस्तावेज भएको उनको बताएका उनले सबै राजनीतिक दल एक ठाउँमा उभिने हो भने सहजै यो समस्या समाधान हुने उनको विश्वास छ ।  

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १८:२८
Weather Update