News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहालको चीन भ्रमण आजदेखि 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साताव्यापी चीन भ्रमण आजदेखि सुरु हुने भएको छ । 

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री दाहाल त्यहाँबाट आज चीनको हाङझाउ प्रस्थान गर्ने भएका हुन् ।

चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री दाहाल न्यूयोर्कको स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट चीन प्रस्थान गर्नेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सी जीनपीङबीच शनिबार भेट हुने तय भएको छ । 

१९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी पनि  हाङझाउमा रहने र प्रधानमन्त्री दाहाल न्यूयोर्कबाट त्यहीँ पुग्ने भएपछि शनिबार उनीहरूबीच भेट हुने भएको हो ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ११:२५
Weather Update