प्रधानमन्त्री प्रचण्ड र दक्षिण कोरियाली राष्ट्रपति योलबीच न्यूयोर्कमा भेटवार्ता

काठमाडौं— संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकामा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण कोरियाली राष्ट्रपति यून सुक योलबीच न्यूयोर्कमा शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र योलबीच दुई देशको आपसी हित सम्बन्धमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाटै आज चीन भ्रमण प्रस्थान गर्दैछन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० ११:००