प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपतिबीच न्यूयोर्कमा भेट

न्यूयोर्क— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच शुक्रबार न्यूयोर्कमा भेट भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्कमा रहेका प्रधानमन्त्री दाहाल र जो बाइडेनबीच भेट भएको हो ।
प्रधानमन्त्री दाहाल र राष्ट्रपति बाइडेनबीचको भेटमा नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको थियो ।
प्रधानमन्त्री दाहालले अमेरिकामा आफूलाई न्यायो स्वागत गरेको भन्दै राष्ट्रपति बाइडेनलाई धन्यवाद व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘अमेरिकी राष्ट्रपति महामहिम जो बाइडेन र श्रीमती बाइडेनलाई न्यायो स्वागत र तथा आतिथ्यताका लागि हार्दिक आभार तथा धन्यवाद ।’
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० १२:१४