News Griha :: न्यूजगृह
कालोबजारी र भ्रष्टार नियन्त्रणमा सरकारलाई ‘वार्निङ’ जरुरी छ : गुरु बराल

काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले कालोबजारी र भ्रष्टाचारका कारण देश नाजुक अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनले कालोबजारी नियन्त्रण गर्नका लागि सरकारलाई पार्टीले ‘वानिङ’ दिनुपर्ने बताए ।

उनले भने,‘मुलुक जरजर अवस्थामा छ । समाजमा विकृति र विसंगती धेरै छ । व्यवसायमा ठूलो मात्रामा कालोबजारी र भ्रष्टार भएको छ । हामी सहमतिको सरकारमा छौं । सरकारमा साझेदारी गरिरहेका छौं । तुरुन्त हामीले सरकारलाई वार्निङ गर्न जरुरी छ की तुरुन्त नियन्त्रण र अनुगमन गर् भनेर ।’

उनले महंगी नियन्त्रणका लागि सरकार खरो भएर प्रस्तुत हुनेपर्ने बताए ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १३:५७
Weather Update