News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहालको चीन भ्रमण आजबाट सुरु

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण आजबाट सुरु भएको छ ।

अमेरिकाको न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर प्रधानमन्त्री दाहाल त्यतैबाट चीन गएका हुन् ।

चीन भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति सी चीनफिङ, समकक्षी ली छ्याङलगायतसँग भेटघाट गर्ने कार्यक्रम छ ।

चिनियाँ समकक्षी छ्याङको निमन्त्रणामा उनी चीन गएका हुन् ।

 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०७:०३
Weather Update