अबको प्रधानमन्त्री माधवकुमार नेपाल !आइतबार, माघ २१, २०८०

कांग्रेसले थाल्यो महासमितिको तयारी, उपसमिति बनाएर देउवाले तोके जिम्मेवारी आइतबार, माघ २१, २०८० महासमितिको बैठक तयारी मूल समितिका संयोजकसमेत रहेका उनले प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजकमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमिति संयोजकमा उदयशमशेर राणा, यातायात व्यवस्थापन उपसमितिको संयोजकमा धना खतिवडालाई चयन गरेका हुन् ।

राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते गर्ने तयारी, सिटौलाको सम्भावना कति? आइतबार, माघ २१, २०८० नेपाली कांग्रेसका १०, नेकपा माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका २, जसपाका १ र नेकपा एमालेका १ जना निर्वाचित भएका थिए । यससँगै राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित ठूलो दल बनेको छ । १६ सांसदसहित कांग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो र ८ सांसदसहित एकीकृत समाजवादी चौथो दल बनेको छ...

प्रतिनिधि मनोनयनमा विवाद हुँदा एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट, एक जनाको हात भाँच्चियो आइतबार, माघ २१, २०८० नेकपा एमालेको धादिङ जिल्ला अधिवेशनमा कुटाकुट भएको छ । प्रतिनिधि मनोनयनमा विवाद हुँदा कुटाकुटमा परिणत भएको र एक जनाको हात भाँच्चिएको बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेलले विज्ञप्तिमार्फत जनाएका छन् ।शनिबार साँझ बन्द सत्रमा दस्तावेज प्रस्तुत गर्दा हुलहुज्जत र धक्कामुक्का भएको र सन्तोष खनालको हात भाँच्चिएको ढुङ्गेलले बताएका हुन् ।

पूर्वाधार निर्माणमा रास्वपाको दबाब अभियान आजदेखि, पार्टीको झण्डा र चुनाव चिन्ह प्रयोग नगर्ने आइतबार, माघ २१, २०८० रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ रास्वपाले राष्ट्रव्यापी दबाब अभियान सञ्चालन गर्न लागेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनका अनुसार २१ आयोजनामा २० सांसद र महामन्त्री मुकुल ढकालको नेतृत्वमा २१ वटा दबाब यात्रा हुँदैछन् ।

राजतन्त्र चाहनेहरू चुनावी मैदानमा आउनुहोस् : माधव नेपाल शनिबार, माघ २०, २०८० नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रको कुनै औचित्यनै नभएको बताएका छन् । एकीकृत प्रगतिशील प्राध्यापक सङ्गठनले शनिबार ललितपुरमा आयोजना गरेको ‘नेपालमा उच्च शिक्षाः हालका प्रचलन र उदीयमान चुनौतीहरू’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राजतन्त्रको बारेमा कुरा उठाउनु भनेको असान्दर्भिक भएको बताए । राजतन्त्र चाहिन्छ भन्नेलाई प्रधानमन्त्री नै...

‘पूर्वमन्त्रीलाई हतकडी, व्यापारीलाई अस्पताल लैजाने कस्तो थिति?’ शनिबार, माघ २०, २०८० एमाले अध्यक्ष केपी शर्मा ओलीले चौधरी घरानाका व्यापारी अरुण चौधरीलाई प्रहरी कार्यालयको हिरासतमा नराखी अस्पतालमा राखेको भन्दै आपत्ती जनाएका छन् । शनिबार पार्टी संसदीय दलको बैठकपछि बोल्दै अध्यक्ष ओली पूर्वमन्त्री, पूर्वप्रधानमन्त्रीलाई हतकडी लगाएर जेलमा राख्ने तर व्यापारीलाई प्रहरी कार्यालयको बाटो हुँदै अस्पताल लगिएको भन्दै आपत्ति जनाए ।

सुशासन कायम गर्न कर्मचारीहरूको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री शनिबार, माघ २०, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई साकार पार्न कर्मचारीहरूको सहयोग आवश्यक रहेको बताएका छन् । सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीहरूको सहयोग आवश्यक रहेको बताएका हुन् । उनले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारीको योगदान धेरै नै महत्वपूर्ण रहेको बताए ।

एमाले संसदीय दलको बैठक आज बस्दै शनिबार, माघ २०, २०८० नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ । शनिबार मध्याह्न १२ बजे पार्टी कार्यालय च्यासलमा सुरु हुने बैठक आइतबार पनि बस्ने छ ।आज र भोलि दुई दिन बस्ने बैठकमा आगामी संसद्मा एमालेले खेल्ने भूमिकाबारे बृहत् रुपमा छलफल हुने सचेतक महेश बर्तौलाले जानकारी दिए ।

संसद् अधिवेशन चलिरहँदा काठमाडौं नछोड्न सांसदहरूलाई कांग्रेसको निर्देशन शुक्रबार, माघ १९, २०८० नेपाली कांग्रेस संसदीय दलले आगामी संसद् अधिवेशनभर काठमाडौं नछोड्न सांसदहरूलाई निर्देशन दिएको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले आगामी संसद् अधिवेशनभर राजधानी काठमाडौं नछोड्न सांसदहरूलाई निर्देशन दिएको हो ।विगतमा संसद्को बैठक तथा समिति बैठकहरूमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्नुपर्ने अवस्था आएको भन्दै सत्तारुढ दल कांग्रेसले यस अधिवेशनमा...

टीआरसीसँग सम्बन्धी विधेयकमा सबैको सहमति हुनुपर्छ : ओली शुक्रबार, माघ १९, २०८० शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग उनले यस्तो धारणा राखेका हुन् । उनले प्रधानमन्त्रीसँग समसामयिक विषय र शान्ति प्रक्रियाका बाँकी कामहरू टुंग्याउने सन्दर्भमा छलफल भएको जानकारी दिए । अध्यक्ष ओलीले विधेयकलाई राम्रोसँग छिटो टुंग्याउने बारेमा प्रधानमन्त्रीसँग कुरा गरेको बताए ।

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता शुक्रबार, माघ १९, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबीच भेटवार्ता भइरहेको हो ।

वैशाखमा उपनिर्वाचन गर्ने तयारीमा आयोग बिहीबार, माघ १८, २०८० स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिका लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था छ ...